बुढानिलकण्ठ नगरपालिकाद्वारा नयाँ घर निर्माणमा रोक

बुढानिलकण्ठ नगरपालिकाद्वारा नयाँ घर निर्माणमा रोक

जेठ १२/कपनअनलाइन – बिनाशकारी भुकम्पपछि बुढानिलकण्ठ नगरपालिकाले नगरपालिका भित्र नयाँ घर निर्माण तथा पुराना घरमा तला थप्नमा रोक लगाएको छ ।
नगरपालिकाले जेठ ६ गते एक सूचना प्रकाशित गरि भवन निर्माण कार्य नक्सा पास नभएको हकमा पूर्ण रुपमा रोक्का र नक्सापास गरि प्लिन्थलेभल सम्म पास भएको हकमा हाललाई जति तला नक्सा पास भएतापनि भुई तला समेत २ तल्ला मात्र निर्माण गर्ने र दुई तल्ला माथि कुनैपनि घर निर्माण नगर्न र २०७२ आषाढ मसान्तसम्मका लागि प्रिफेब्रिकेटेड प्यानल तथा जस्ताको अस्थायी प्रकृतिको घर बाहेक कुनैपनि प्रकारको स्थायी घर बनाउन नक्सा पास रोक्का गरिएको जनाएको छ ।

यस्तो छ नगरपालिकाले प्रकाशन गरेको सूचना । हेर्नुहोस् ः

[su_document url=”http://kapanonline.com/wp-content/uploads/2015/05/घर-निर्माण-सम्बन्धि-बुनपा-को-सूचना.pdf” height=”1200″]

तपाइँको प्रतिक्रिया ।