राष्ट्रिय पुनर्निर्माणका लागि समितिको पहिलो बैठक

राष्ट्रिय पुनर्निर्माणका लागि समितिको पहिलो बैठक

काठमाडौं, जेठ १२- बिनाशकारी भूकम्पले क्षतिग्रस्त क्षेत्रको पुनः स्थापना र पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुननिर्माण समितिको पहिलो बैठक मंगलबार बसेको छ ।
15052652jkfjkjdf
बैशाख-२६ गते व्यवस्थापिका संसदले संकल्प प्रस्ताव पारित गर्दै सर्वदलीय सहभागिता र विज्ञहरु समेत रहनेगरी समिति गठनको निर्णय गरेको थियो ।

प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतमा बसेको उक्त बैठकमा गृहसचिव सुर्य सिलवालले उद्धार तथा राहत कार्यको अहिलेसम्मको अवस्था, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।गोविन्द पोखरेलले पुर्ननिर्माणको योजना र आवश्यकता साथै मुख्यसचिव लिलामणि पौडेलले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न विद्यमान संरचना र त्यसमा प्रस्तावित सुधारका विषयमा गर्ने प्रस्तुति उपर छलफल हुनेछ ।

बैठकको प्रारम्भ गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकलाई नयाँ निर्माणको बाटोमा लैजान समितिमा आउने सुझावले महत्वपूर्ण भूमिका खेल्ने सुझाव व्यक्त गरे । साथै राजनीतिक दलका नेता र विज्ञहरुलाई महत्वपूर्ण सुझाव दिन आग्रह समेत गरे ।

उक्त समितिमा संसदमा रहेका सबै राजनीतिक दलका नेता, मन्त्रीहरु, योजना आयोगका टीम, मुख्य सचिव, सचिवहरु र नेपाल राष्ट्र बैंकका गर्भनर छन् । साथै बैंकिङ्ग क्षेत्रका प्रतिनिधिहरु, योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व मुख्य सचिव, संयुक्त राष्ट्रसंघको निकायमा काम गरेका नेपाली, विभिन्न क्षेत्रका विज्ञहरु सहित अन्य पेसा व्यवासायको प्रतिनिधत्व समितिमा गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।