कक्षा ११ र १२ को परीक्षाअघि मनोपरामर्श तालिम

कक्षा ११ र १२ को परीक्षाअघि मनोपरामर्श तालिम

काठमाडौँ, १२ जेष्ठ – उच्चमाध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्षदेखि परीक्षार्थीसम्म मनोपरामर्श तालिम दिने तयारी गरेको छ।
15052632exam in HSEB
परिषद्ले भूकम्पका कारण परीक्षार्थीमा मनोवैज्ञानिक त्रास कायम रहेको हुन सक्ने भन्दै केन्द्राध्यक्ष हुँदै परीक्षार्थीसम्म मनोपरामर्श तालिम प्रदान गर्ने तयारी गरेको हो। परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालका अनुसार पहिलो चरणमा परीक्षा केन्द्रका प्रत्येक केन्द्राध्यक्षलाई लगभग पाँच घन्टा समयावधिको मनोपरामर्श तालिम दिइने छ।

कार्यक्रमअनुसार तालिमबाट प्राप्त गरेको ज्ञान तथा अनुभवलाई केन्द्राध्यक्षमार्फत परीक्षा कोठामा खटिने निरीक्षकलाई तालिम प्रदान गरिने छ, प्रत्येक निरीक्षकले परीक्षार्थीलाई भयमुक्त भई कसरी परीक्षा दिने सम्बन्धमा मनोवैज्ञानिक परामर्श दिनेछन्। आगामी जेठ २० गतेदेखि कक्षा १२ र असार १ गतेदेखि कक्षा ११ को परीक्षा हुँदैछ। परीक्षा केन्द्रमा स्वास्थ्योपचार सेवासमेत प्रदान गर्न आवश्यक गृहकार्य भइरहेको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।