महाभूकम्प गएको महिना दिन पुग्यो, जनतामा त्रास कायमै (क्षतीको पूर्ण विवरण सहित)

महाभूकम्प गएको महिना दिन पुग्यो, जनतामा त्रास कायमै (क्षतीको पूर्ण विवरण सहित)

काठमाडौँ, १२ जेष्ठ – आज जेठ १२ गते, ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको एक महिना पुगेको छ।

एक महिना अघि शनिबार बिहान ११ बजेर ५६ मिनेटमा आएको त्यो ठूलो भूकम्पले नेपालमा धरै क्षति गरेको छ। भोलिपल्ट १३ गते गएको ६ दशमलब ९ र बैशाख २९ गते गएको ६ दशमलब ८ रेक्टर स्केलको भुईचालोले जनधनको क्षति मात्र गरेन, सबैभन्दा बढी मान्छेको मनलाई हल्लाएको छ।15052612dharhara-1
१२ गतेको भूकम्पपछि अहिलेसम्म ५ रेक्टर स्केल माथि र ६ रेक्टर स्केल मुनिका ३५ वटा परकम्प गैसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। ६ देखि ७ का ५ वटा ठला भुकम्प गएका छन्। यसैगरी ४ देखि ५ का २ सय ५८ पुगेका छन्। ४ भन्दा मुनिका १० औ हजार पुगेका छन्।

अहिलेसम्म पनि सानासाना पराकम्पन गैराख्ने भएकाले जनता अझै त्रसित बनेका छन्। भूकम्पले गर्दा बालबालिकामा मानविय असर परेको छ। एक महिनाको अवधिमा आएका भूकम्पका परकम्पहरुले समेत जनधनको ठूलो नोक्सानी गरेका छन्। मध्य क्षेत्रमा सबैभन्दा धेरै मानविय क्षती भएको छ। यूनेस्कोको सम्पदा सूचीमा रहेका धेरै ठाउँमा ठूलो क्षती भएको छ। काठमाडौँमा रहेको ९ तले धरहरा तीन टुक्रा भएको छ। यसैगरी बसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायरमा धेरै क्षति भएको छ।

योसँगै ४ लाख ७० हजार ९ सय ९१ भौतिक संरचनाहरुमा कमा नलाग्ने गरि भत्केका छन्। अहिलेसम्म १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण ८ हजार ६ सय ६३ जनाको ज्यान गैसकेको छ भने ३ सयजति मानिस भुईचालोपछि बेपत्ता छन्।

बेपत्ता हुनेमा नेपाली १ सय ९८ र विदेशी नागरिक ८० जना छन्। २१ हजार ९ सय ५४ जना घाइते भएका छन्। १८ जनाको शव पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार १४ पुरुष, एक विदेशी सहित ३ महिला, एक बालिकाको शव पहिचान नभएको हो। उनीहरुको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

कहाँ कती क्षती भयो ? थाहाँ पाउन यो लिङ्कमा क्लिक गर्नुहोस्>>>

तपाइँको प्रतिक्रिया ।