अरबिन्द केजरीवालकी छोरी हर्षितालाई ५ वर्षको जेल सजाय !

अरबिन्द केजरीवालकी छोरी हर्षितालाई ५ वर्षको जेल सजाय !

काठमाडौ, ११ जेठ(एजेन्सी) : दिल्लीमा अरबिन्द केजरीवालको सरकारले १ सय दिन पुरा गरेको छ । उनै केजरीवालकी छोरी हर्षिता आईआईटी दिल्लीमा तेस्रो सेमेस्टरमा पढ्दै छिन् ।

harsita-kejriwal

हर्षितालाई लिएर अहिले एक विवाद निकै चर्किएको छ । उनमाथि एक आरटीओ अधिकारीलाई घुष दिएको आरोप लगाइएको छ ।  यस घटनाको जानकारी दिल्लीको भ्रष्टाचार निरोधक शाखा दिइएको छ । यदी उक्त उजुरी सही भएमा या यसमाथी कारबाही भएमा हर्षितालाई ५ वर्षको जेल सजाय हुन सक्छ ।

harsita-kejriwal-family

मुख्यमन्त्री रहेका केजरीवालकी छोरी हर्षीता आफ्नो लर्निङ्ग ड्राइभिङ लाइसेन्स बनाउनका लागि स्थानीय परिबहन कार्यालय गएकी थिइन् । हर्षिताका पिता अरविन्दका अनुसार उनले कार्यालयमा अधिकारीहरूसमक्ष केही जरूरी कागज नभएको भन्दै पैसा अर्थात् घुष दिने बताइन् । यता हर्षिताको काम पैसा नदिई नै भयो । दिल्लीका मुख्यमन्त्री केजरीवालले यस घटनाको उल्लेख एक सार्वजनिक मञ्चबाटै गरिदिए । यसपछि नै हर्षिताविरूद्ध उजुरी परेको थियो ।

तपाइँको प्रतिक्रिया ।