Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/05/IPL-8-Winning-Team-MI.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

आईपिएल उपाधी भीडन्तपछि पैसाको वर्षा, कसले कति पाए…

काठमाडौ, ११ जेठ(एजेन्सी)  : इण्डियन प्रिमियर लिग(आईपिएल)को विजेता, उपविजेता र अवार्ड विजेताहरूमाथि पैसाको वर्षा गरिएको छ । विजेता मुम्बई इण्डियन्सले १५ करोड भारतीय रूपैयाँ हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको चेन्नई सुपर किङग्सले १० करोड भारतीय रूपैयाँ प्राप्त गरेको छ ।

IPL-8-Winning-Team-MI

यस्तै, प्रतियोगितामा विभिन्न अवार्ड प्राप्त गर्ने खेलाडीहरुले पनि निकै ठूलो रक कमाएका छन् । प्रतियोगिताभर सर्वाधिक रन जोडेका सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नरले ‘ओरेन्ज क्याप’ प्राप्त गरेका छन् । उनले ६५ चौका र २१ छक्काको मद्धतले ५६२ रन जोडका थिए । उनले मुम्बईका लेन्डिल सिमोन्स र राजस्थान रोयल्सका अजिक्य रहाणेलाई पछि पार्दै उक्त अवार्ड हासिल गरेका हुन् । अजिक्य र सिमोन्सले समान ५४० रन जोडेका थिए ।

चेन्नईका ड्वेन ब्राभोले प्रतियोगिताभर सर्वाधिक २६ विकेट लिँदै पर्पल क्याप जितेका छन् । उनको यो अवार्ड दोस्रो हो । यस्तै, उनकै क्याच प्रतियोगिताको उत्कृष्ट क्याच घोषित भएको छ । उनले लिएको राजस्थानका शेट वाटशनको क्याच उत्कृष्ट भएको हो ।

थाहा पाऔँ कसले कति रकम पाएः

ओरेन्ज क्यापः डेभिड वार्नर(१० लाख भारतीय रूपैयाँ)

पर्पल क्यापः ड्वेन ब्राभो(१० लाख भारतीय रूपैयाँ)

म्यान अफ दी म्याचः रोहित शर्मा(५ लाख भारतीय रूपैयाँ)

मोष्ट भ्यालुएबल प्लेयरः आन्द्रे रसेल(१० लाख भारतीय रूपैयाँ)

एस बैक सिजन अवार्डः क्रिस गेल(१० लाख भारतीय रूपैयाँ)

बेष्ट क्याचः ड्वेन ब्राभो (१० लाख भारतीय रूपैयाँ)

फेयर प्ले अवार्डः चेन्नई सुपर किङग्स(१० लाख भारतीय रूपैयाँ)

फास्टेस्ट फिफ्टीः आन्द्रे रसेल(१० लाख भारतीय रूपैयाँ)

हट स्टारः फाफ डु फ्लेसिस(१ लाख भारतीय रूपैयाँ)

इमर्जिङ्ग प्लेयरः श्रेयस आयर(१० लाख भारतीय रूपैयाँ)

तपाइँको प्रतिक्रिया ।