बालकुमार टोलसुधार समितिले मनो चिकित्सा दिने

बालकुमार टोलसुधार समितिले मनो चिकित्सा दिने

वुढानिलकण्ठ न.पा. वडा न.ं १४ मा कृयाशिल सामाजीक संस्थावाल बालकुमार टोलसुधार समितिले आफ्ना टोलवस्ती उपस्थितिमा सदस्यहरुको लागि नितान्त नौलो प्रकारको राहत कार्यक्रम ल्याउने भएको छ ।

4x2ft-balkumari-with-frame-copy-300x150
गत वैशाख १२ गते आएको विनाशकारी भुकम्पवाट मानसिक रुपमा पिडित टोलका सदस्यहरुले परिवारलाई भुकम्प र त्यसले पु–याउने भौतिक क्षती तथा मानसिक क्षेतिको वारेमा सुचिन्तन गर्नुका साथै त्यस्ता सदस्यहरुवाट कसरी मुक्र हरन सकिन्छ भन्ने वारे शुक्ष्म जानकारि गराउन प्रख्यात मनोविज्ञ स.थो जी विकाशानन्दवाट १ दिवश “भुकम्प पिडितहरुलाई मनोपरामर्श तथा मानसिक राहत” नामको प्रवचन कार्यक्रम यहि जेष्ठ ११ गते सोमवार समिति नै क्षेत्रभित्र रहेको ओस्कर स्कुल एकेडेमिमा वेलुका ४ वजे देखी ९ वजे सम्म आयोजना गर्ने समितिका अध्यक्ष कुमार कसजूले बताए  ।
उक्त कार्यक्रमलाई स्थानिय सामाजीक संस्थाहरु कम्युनिष्ट मोइस तथा आक्वा कपनले सहयोग गरेको पनि जानकारी दिएको छ ।
कार्यक्रममा स्थानिय क्षेत्रका टोलवासीहरु करिव १ हजार व्यक्तिहरु सहभागि हुने आयोजकको अपेक्षा रहेको र विशेष गरी र विशेष गरि महिला वालवालिका तथा श्रेष्ठ नागरिकहरुलाई यो कार्यक्रम अतिनै प्रभावकारि हुने समेत आयोजकले दावी गरेको छ ।

तपाइँको प्रतिक्रिया ।