Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/05/gagan_thapa_samsad_office1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

भोलि गगन कुमार थापा ले बुढानिलकण्ठ नगरपालिकामा भूकम्प सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्दै

कपन अनलाइन /जेष्ठ ८

बैसाख १२ को महाभूकम्पपछि काठमाडौं क्षेत्र नम्बर चारमा  दशौ हजारौ हजार सर्वसाधारण प्रभावित भएका छन् ।भने सांकृतिक रुपमा हजारौ पार्टी पौवा मठमन्दिरहरु भग्नावशेषमा परिणत भए। उद्धार राहतसँगै अब पुनर्निर्माणमा लाग्नुपर्ने आवश्यकता तथा बर्खा नजिकिँदै गएकाले बास र खानाको प्रबन्ध मिलाउन जनस्तरमा उठिरहेको मागहरूलाई सम्बोधन गर्नलाई सांसदको कार्यालय काठमाडौं क्षेत्र नं ४ ले भोलि  शनिबारका साबिक महांकाल गाविस भंगाल, हाल बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको भ्याली पब्लिक स्कूलमा   बिहान १०:०० बजे देखि दिउँसो ४:०० बजे सम्म भूकम्प सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ   ।

कार्यक्रममा भूकम्पवाट भत्केका, चर्केका वा अरु कुनै घर सम्बन्धि समस्या वा जिज्ञासा भएका मानिसहरुले भ्रमण गरि त्यसका वारेमा जानकारीलिगन्न सकिने,अन्तराष्ट्रिय विज्ञहरुको उपस्थितिमा भुकम्पिय सुरक्षाका वारेमा जानकारी साथै हाल सबैभन्दा ठुलो समस्याका रुपमा देखिएको रेट्रो फिटिङका बारेमा जानकारी दिँदै यश विधिबाट कस्ता संरचनाहरुको सफल पुनर्निर्माण हुनसक्छ भन्ने विषयमा पनि जानकारी दिने तयारी गरिएको नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नम्बर चारका सदस्य  साग बैजुले कप अनलाइन लाइ बताए ।

gagan_thapa_samsad_office1

आफूले निर्वाचित गरेर पठाएका सभासदलाई भेट्ने निश्चित स्थान मतदातासँग नभएको र   संविधानसभा भवन र सिंहदरबारमा सबैको पहुँच पुग्दैन भन्दै  जनप्रतिनिधि भेट्न मतदातालाई सजिलो होस् भन्ने हेतुले नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ४का सभासद गगन कुमार थापाले नेपालमै पहिलो पटक गत  २०७० माघ ११ गते शनिवार काठमाडौंको सिफल नजिक सांसद कार्यालय स्थापनागरेका छन्  ।

 

 

 

तपाइँको प्रतिक्रिया ।