Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/05/Word-link-internet.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट

गोरखाबजार, ६ जेठ । १२ वैशाखको विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक गाउँमा निःशुल्क इन्टरनेट सुविधा सुचारु गरिएको छ । लुम्बिनी नेट प्रालि, वर्डलिङ्क र रेडियो गोरखाको सहकार्यमा निःशुल्क इन्टरनेट सुचारु गरिएको हो । भूकम्पपीडित समक्ष सूचना पुर्‍याउनका लागि इन्टरनेट सुचारु गरिएको हो ।

Word-link-internet

‘बारपाकमा बसेर देशविदेश हेर्न र देशविदेशमा रहेकाहरुले बारपाकीसँग सञ्चार सम्पर्कमा रहन इन्टरनेट सुविधा सुरु गरियो’, लुम्बिनी नेट प्रालिका खेमराज अधिकारीले भन्नुभयो, ‘टेलिफोन र इन्टरनेटबिहीन हुँदा सञ्चार सम्पर्क टुटेको थियो ।’ एनसेलको टेलिफोन सुचारु रहेको र नेपाल टेलिकमको टावर सुचारु हुने क्रममा रहेकाले बारपाकमा अब सञ्चारसम्पर्कका लागि सहज बन्दै गएको छ ।

सौर्य ऊर्जा मार्फत् इन्टरनेट सञ्चालन गरिएको प्रालिले जनाएको छ । रेडियो गोरखाको टावरमार्फत् बारपाकमा रहेको डिभाइसमा कनेक्ट गरेर इन्टरनेट सुचारु गरिएको हो । सदरमुकामदेखि १८ कोश टाढा रहेको पर्यटकीय गाउँ बारपाक विनाशकारी भूकम्पले ध्वस्त बनाएको छ ।

त्यहाँका एकहजार ४०० घरधुरी विनाशकारी भूकम्पले भत्काएको थियो भने ७० जनाको मृत्यु भएको थियो । रासस

 

तपाइँको प्रतिक्रिया ।