अमेरिकाको पहाडि क्षेत्र

अमेरिकाको पहाडि क्षेत्र

कपन अनलाइन\बैशाख ३१, २०७२

अमेरिकाको कोलोराडो राज्य नेपाल जस्तै पहाडि क्षेत्र हो । बिकास र प्रगतिको नमूना मानिने यो पहाडी राज्यमा ७ महिना हिउँ पर्दछ भने ५ महिना गर्मी महिना मानिन्छ । गोराहरूको बसोबास धेरै रहेको यो राज्य अमेरिकाको सर्बाधिक सुरक्षित राज्यहरू मध्ये एक हो । राष्ट्रिय उत्पादनमा कोलोराडोले मासुका लागि गाईको उत्पादनमा ठूलो भूमिका खेल्दछ भने गाँजा खेती र गाँजाको उपयोग खुल्ला रहेको राज्यमध्ये कोलोराडो अग्रणी मानिन्छ । पहाडी क्षेत्र भएकोले वर्षेनी लाखौँ पर्यटक यहाँ घुम्न आउँछन् । अरू राज्यमा भन्दा कोलोराडोमा नेपालीहरुको बसोबास कम छ । जति नेपाली छन् तिनीहरूमा डिभि परेर आएकाहरूको सँख्या धेरै छ ।  कोलोराडोको राजधानी डेनभर हो ।

अमेरिकामा रहेका कपन अनलाइनका सम्पादक केशव पाठकको क्यामरामा कैद भएका पहाडी राज्य कोलोराडोको केही तस्वीरहरूः-

1-IMG_6064 1-IMG_6065 1-IMG_6063 1-IMG_6059 1-IMG_6061 1-IMG_6050 1-IMG_6079 1-IMG_6070 1-IMG_6069 1-IMG_6066

तपाइँको प्रतिक्रिया ।