सिन्धुपाल्चोक क्षेत्र नं ३ मा मात्रै मृत्यु हुनेको सङ्ख्या एक हजार ४०९ (फोटो फिचर)

सिन्धुपाल्चोक क्षेत्र नं ३ मा मात्रै मृत्यु हुनेको सङ्ख्या एक हजार ४०९ (फोटो फिचर)

वैशाख २८  गते । वैशाख १२ गते गएको भूकम्पका कारण सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाविसमा अझैसम्म कतिपयको शव निकाल्न सकिएको छैन ।
20150501_074012

भूकम्पका कारण जिल्लाको क्षेत्र नं ३ मा मात्रै मृत्यु हुनेको सङ्ख्या एक हजार ४०९ पुगेको छ भने हजारौँ सङ्ख्यामा घाइते भएका छन् ।

यस क्षेत्रको २४ गाविसमा मात्रै एक हजार ४०९ जनाको शव सनाखत भएको केन्द्रीय अनुसन्धान विभागबाट मेलम्ची क्षेत्रमा आउनुभएका डिएसपी भीम दाहालले बताउनुभयो ।

20150501_070829

गाविसले दिएको सूचनाका आधारमा भने मृत्यु हुनेको सङ्ख्या एक हजार ५०० नाघेको दाहालले जानकारी दिनुभयो ।

नुवाकोट जिल्लाको सिमानामा पर्ने इचोक–८ मा अझै पनि शव निकाल्न सकिएको छैन । सात वर्षीय दावा ग्याल्बो नाम गरेका बालकको अहिलेसम्म पत्ता लगाउन नसकिएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी इचोक गाविस–९ मा १२ वर्षीया निकेश तामाङको अहिलेसम्म अत्तोपत्तो छैन ।

20150430_154010

मेलम्ची बजारमा घरले पुरिएर चार जना बेपत्ता भएका छन् । खोजी कार्य गर्दासमेत उनीहरुको केही पत्ता लागेन । त्यहाँ पुरिएका चारै जना तराईवासी रहेको प्रहरीले बताएको छ ।

20150430_171149

यस क्षेत्रकै सबैभन्दा बढी मानिसको मृत्यु हुने गाविस दुवाचौर हो । यस गाविसमा १५४ जनाको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् । भूकम्पले यहाँका एक हजार ३६४ घर ध्वस्त भएका छन् ।

20150430_170719

यस क्षेत्रको २४ गाविसमा नै एक चरणको राहत सामग्री पुगिसकेको छ । अब बाटो खुलाउने काम भइरहेको छ । अब केही दिनमा बाटो खुल्ने र राहत सामग्री पु¥याउने भीमकाली गुल्म मेलम्चीका सेनानी प्रेम हमालले बताउनुभयो ।

20150430_172148

यसैगरी विनाशकारी भूकम्पमा परी सिन्धुपाल्चोक जिल्लाको बाँडेगाउँ गाविसमा अझै एक बालक बेपत्ता भएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।