कपनबाट राहत संकलन र वितरण

कपनबाट राहत संकलन र वितरण

कपनको बुढानिलकण्ठ युवा समाज र सिन्धु सामाजिक उद्धारको सक्रियतामा गत बैशाख १२ गते गएको शक्तिशालि भुकम्पमा पिडित भएका सिन्धुपाल्चोक कर्थली वडा नं १,२ र ३ का करिब १४५ घरधुरी मा राहत वितरण गरिएको छ ।

2-
काठमाडौँ क्षेत्र नम्बर ४ का सभासद गगन थापाको सहयोग, कपनका स्थानीय व्यक्तिहरु रन्जित के.सी र राम कार्की लगायतकाको पहलमा उक्त स्थानमा खाद्य सामाग्री, औषधि लगायतका सामाग्री वितरण गरिएको बताईएको छ ।
त्यस्तै कपनकै अर्को एक समूह ‘टिम फिप्टिन’ ले पनि सिन्धुपाल्चोकै बाँडेगाउँमा राहत वितरण गरेको छ ।

20150504_194124

यहि समूहले यस अघिपनि सिन्धुपाल्चोककै पोखरापानी आसपासका गाविस, देउराली गाविस र काठमाडौँको नाङ्लेभारे र साँखुमा पनि राहत वितरण गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।