राज्य पुग्न नसकेको एउटा यस्तो गाउँ (फोटो तथा भिडियो सहित)

राज्य पुग्न नसकेको एउटा यस्तो गाउँ (फोटो तथा भिडियो सहित)

गत बैशाख १२ गते आएको बिनाशकारी भुकम्पले देश पुरै शोकाकुल छ । हजारौँको मृत्यु भएको छ भने लाखौँ घरबार बिहिन भएका छन् । नेपालीहरु त्यो दिनको तरङ्गबाट अझै सामान्य अवस्थामा आउन सकेका छैनन् ।0V9A9744

भुुकम्प पिडित कति मानिसहरु अझैपनि खुुल्ला आकाशमुुनि रात बिताउन विवश छन् । अधिकाशं विकट गाउँमा राहतको नाममा एक गेडो चामल र एकसरो कपडा पुुग्न सकेको छैन ।
0V9A9763-2

राज्यले आफ्नो तर्फबाट जे जति गरेतापनि सबै भुुकम्प पिडितहरुको एउटै गुनासो छ सरकारले हेरेन वा भनौँ सरकार पुुगेन । अरु पर दुुर्गम ठाउँको त के कुुरा गर्नुु, राजधानी काठमाडौँ नजिकै रहेको जिल्ला काभ्रेपलाञ्चोकको कोशीदेखा गाविसमा भुकम्प गएको १२ औँ दिनसम्म पनि राज्य पुुग्न नसकेको गुुनासो त्यहाँका भुकम्प पिडित जनताले गरेका छन् ।
हेर्नुस भिडियो

काठमाडौँबाट नजिकरहेको जिल्ल्ला काभ्रेको कोशी देरखा गाविसको भूकम्पपछिको वास्ताविक पिढा कपन अनलाइन टिमको स्थलगत रिपोट…

Posted by kapanonline on Wednesday, 6 May 2015

काभ्रे जिल्लाको सुप्रसिद्ध पलाञ्चोक भगवति मन्दिर नजिकै रहेको यो गाविसमा अझैसम्म सरकारी राहत टोली पुुग्न नसकेको त्यहाँका स्थानीयले कपनअनलाइनलाई बताएका छन् । कपन अनलाईन त्यो गाविस अन्र्तगत वडा नं ६ को ज्यामिरे र वडा नं ८ र ९ को कालिन्जोर भन्ने गाउँ पुुग्दा त्यहाँका मानिसहरु खुुल्ला आकाशमुुनि रात बिताउन बाध्य देखिन्थे । यी २ गाउँमा मात्र करिब १० जनाले भुकम्पमा परि आफ्नो ज्यान गुमाएका थिए भने सयौँको संख्यामा चौपाया पनि मरेका छन् ।

0V9A9751

 

मानिसको दाहसंस्कार गरिएतापनि अझै मरेका जीवजन्तुलाई भग्नावेशबाट झिक्न नसक्दा बस्ती पुरै दुर्गन्धित भईसकेको छ । मानिसले आफूले जोगाएर राखेको अनाजपनि भग्नावशेषमा पुरिएपछि सरकारी राहत कुरेर बस्नुको बिकल्प छैन यहाँका मानिसहरुलाई । अहिलेसम्म राहतका नाममा पनौती निवासी रामचन्द्र श्रेष्ठले व्यक्तिगत रुपमा दिएको केहि बोरा चामल र दाल पनि सकिन लागेकाले अब के खाने भनेर उनीहरु चिन्तित देखिन्थे ।

 

0V9A9770

गाउँमा रहेका घरहरु सतप्रतिशत भत्किएपछि आफन्त गुमाएका मानिसहरुपनि खुल्ला आकाशमुनि मृत्यु संस्कार गरिरहेका छन् । राजधानीबाट नजिक भएतापनि यो गाउँमा कुनै राहत नपुग्दा स्थानीयहरु सरकार र जनप्रतिनिधि काभ्रे क्षेत्र नं ३ का सभासद विदुर सापकोटासँग अत्यन्तै रुष्ट देखिन्थे । स्थानीयहरु भन्दै थिए माथि माथि हेलिकप्टर उड्छ यहाँ सरकारका कोहि पनि आएका छैनन् । गाविस सचिव र प्रहरी समेत आएका छैनन् । पुरिएर रहेका मानिसहरुलाई त बल्लबल्ल भग्नावशेषबाट निकाल्यौँ, पशु चौपाया अझै पुरिएर रहेका छन् । कोहि मानिसहरु आएका छैनन हाम्रो सामथ्र्यले भग्नावशेषमा पुरिएका चौपाया निकाल्न सकेनौँ ।

0V9A9793 copy

तपाइँको प्रतिक्रिया ।