बुढानिलकण्ठले बाड्यो पिडितलाई नगद राहत

बुढानिलकण्ठले बाड्यो पिडितलाई नगद राहत

बुढानिलकण्ठ नगरपालिकाले बैशाख १२ गतेको महाभुकम्पमा परी ज्यान गुमाएका आफन्तलाई नगद राहत प्रदान गरेको छ । बुधबार बुढानिलकण्ठ नगरपालीकाको वडा नं. १२, १३ र १४ का पिडितलाई छुट्टा छुट्टै राहात प्रदान गरेको हो । महाभुकम्पमा परी वडा नं. १२, कपन आकाशेधारामा घर भत्केर मृत्यु भएका आशामाया श्रेष्ठ, सोनी श्रेष्ठ र केभेन श्रेष्ठको नगद राहत मृतकको आफन्त कमलदास श्रेष्ठलाई प्रदान गरिएको छ । वडा नं. १३ मा सोही दिनको महाभुकम्पमा परी आनिगुम्बा पछाडीको पर्खाल भत्केर ज्यान गुमाएका देविमाया दाहालको नगद राहत मृतकका पती नारायण दाहाललाई प्रदान गरिएको छ भने सोही दिन उक्त पर्खाल भत्की ज्यान गुमाएका सविता पोखरेलको नगद राहत मृतकका दाजु दिपेश पोखरेललाई प्रदान गरिएको छ ।

11208967_10205854894605751_794340376_n

त्यसै गरी वडा नं. १३ मा स्थायी बसोबास गर्दै आउनुभएका गोमादेवी अधीकारी सोही महाभुकम्पमा परी सिन्धुपाल्चोकमा ज्यान गुमाउनुभएकोले मृतककी छोरी भगवती अधीकारीलाई घरमै गई नगद राहत प्रदान गरिएको छ । वडा नं. १४ आदर्शनगरमा स्थायी बसोबास गर्दै आउनुभएका अनिता श्रेष्ठको महाभुकम्पमा परी साततलेको चर्चमा ज्यान गुमाउनुभएकोले मृतकको आमा रत्नश्वरी श्रेष्ठलाई नगद राहत प्रदान गरिएको छ ।

बुढानिलकण्ठ नगरपालीकामा महाभुकम्पमा परी वडा नं १ मा ३ जना, वडा नं. २ मा ३ जना, वडा नं. ४ मा १ जना, वडा नं. ५ मा ३ जना, वडा नं. ७ मा सबै भन्दा बढी ८ जना, वडा नं. ९ मा २ जना, वडा नं. १० मा २ जना, वडा नं. १२ मा ३ जना, वडा नं. १३ मा ३ जना र वडा नं. १४ मा १ जनाले ज्यान गुमाएका छन् भने वडा नं. ३, ८, १५, १६ र १७ मा कुनै पनी मानवीय क्षती नभएको र यी वडाहरुको धनमालको क्षतीको विवरण संकलन गर्ने कार्य हाल धमाधम भईरहेकोे छ । बुढानिलकण्ठ नगरपालीकामा महाभुकम्पमा परी ज्यान गुमाउनेको संख्या जम्मा २९ रहेको र मृतकका परिवार सबैलाई राहत प्रदान गरिसकेको नगरपालीका स्रोतले जनाएको छ । मृतकका परिवारलाई सरकारबाट प्राप्त प्रति व्यक्ति ४० हजार तथा नगरपालीकाले प्रदान गर्ने प्रति व्यक्ति १५ हजार वडाका सचिव, राजनितिक दलका प्रतिनिधि, नागरिक वडा मञ्चका संयोजक, रेडक्रसका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि लगायतको रोहवरमा प्रदान गरिएको हो ।

11251428_10205854893765730_1098518999_n

राहत वितरण सम्बन्धमा प्रतिक्रिया दिदै बुढानिलकण्ठ नगरपालीका वडा नं. १२, १३ र १४ का संयुक्त सचिव श्याम अधिकारीले हालसम्म वडा कार्यालयमा सम्पर्क गरी विवरण दिएका तथा वडाले संकलन गरेका व्यक्तिहरुलाई राहत प्रदान गरिएको र यदि कोही कसैको विवरण दिन बाँकी भए यथाशिघ्र सम्पर्क गर्न आव्हान् गर्नुभएको छ ।

तपाइँको प्रतिक्रिया ।