प्रहरी महानिरीक्षक अर्यालद्वारा भुकम्प अति प्रभावित जिल्लाको स्थलगत अवलोकन

प्रहरी महानिरीक्षक अर्यालद्वारा भुकम्प अति प्रभावित जिल्लाको स्थलगत अवलोकन

सिन्धुपाल्चोक, २१ बैशाख
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सहितको प्रहरी टोली सोमबार भुकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोक जानु भई स्थलगत अवलोकन समेत गरी स्थानीय नागरिक, नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग उद्धार तथा राहत वितरणमा भइरहेका गतिविधिहरुका सम्बन्धमा जानकारी लिनुभई उहाँहरुका धारणा समेत बुझ्नुभयो ।
सो क्रममा प्रहरी महानिरीक्षक अर्यालले जिल्ला सदरमुकामस्थित स्थानीय प्रशासन, राहत व्यवस्थापन समिति, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरु, उद्धार र राहत वितरणमा संलग्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुका प्रमुखहरुलाई हाल भइरहेको क्रियाकलापबाट अझै बढी क्रियाशील भई प्रभावकारिताकासाथ कुनै गुनासो नरहने गरी विपद तथा राहत व्यवस्थापन र शान्ति सुरक्षा कायम राख्न अनुरोध गर्नुभयो ।
sindhu1
साथै जिल्ला मातहत खटिएका नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई उद्धार र विशेष गरी राहत व्यवस्थापन कार्यलाई कहींकतैबाट बाधा अवरोध नपु¥याई न्यायीक वितरणका लागि तथा हुन सक्ने आपराधिक क्रियाकलापहरुको समेत आँकलन गरी कुनै पनि हालतमा यस्ता अवैध गतिविधि हुन गर्न नदिन स्पष्ट निर्देशन समेत दिनुभयो ।
sindhu2
सोही क्रममा राहत तथा उद्धारमा संलग्न पक्षद्वारा औंल्याइएका अपुग स्रोत, साधन तथा जनशक्तिको प्रहरी महानिरीक्षक अर्यालले तत्काल थप निकासाको व्यवस्था गरिदिनुभएको थियो ।
sindhu3

नेपाल प्रहरी श्रीमती संघद्वारा भुकम्प पीडितलाई राहत वितरण जारी

बैशाख १२ गते देशका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पका पीडित परिवारहरुलाई नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपले राहत वितरण गर्ने कार्य जारी राखेको छ ।
सो क्रममा संघकी अध्यक्ष श्रीमती रोशी अर्याल लगायतका पदाधिकारीहरुको सहभागितामा सोमबार सिन्धुपाल्चोक मेलम्ची गाबिसको तिपेनी, दनुवार बस्ती र नेवार बस्ती तथा लागर्ते गाबिसका प्रभावित घर परिवारलाई चामल, चिउरा, बिस्कुट, सख्खर, चाउचाउ, प्लाष्टिक सिट, लिचि ड्रिंक र विभिन्न औषधीलगायतका सामानहरु वितरण गरेको छ ।
साथै भुकम्प प्रभावित अन्य जिल्ला र क्षेत्रका पीडितलाईसमेत यसैगरी राहत वितरण कार्य गर्दै जाने संघले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।