भुकम्पमा ज्यान गुमाउनेको परिवारलाई बुढानिलकण्ठ नगरपालिकाको सहयोग

भुकम्पमा ज्यान गुमाउनेको परिवारलाई बुढानिलकण्ठ नगरपालिकाको सहयोग

यही २०७२-०१-१२ मा गएको भुकम्पमा बुढानिलकण्ठ नगरपालिका अन्तर्गत ज्यान गुमाउने परिवारलाई प्रति मृतक रु १५०००|– का दरले नगरपालिकाले सहयोग उपलब्ध गराएको छ । यस अन्तर्गत २५ मृतक का आफन्तले सहयोग प्राप्त गरिसकेको नगरपालिकाका अधिकृत भुवनेश्वर लामिछानेले बताए ।

22

यो सहयोग रकम नेपाल सरकारले दिने भनेको रमक नभई स्थानिय स्तरमा नगरपालिका आफैंले व्यवस्था गरेको हो । यदी कोही मृतकका परिवारले सो रकम प्राप्त नगरेको भए सम्बन्धित वडाको सिफारिस लिई नगरपालिकामा सम्पर्क गरेमा प्राप्त गर्न सकिने जानकारी पनि लामिछानेले दिए ।

तपाइँको प्रतिक्रिया ।