Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/04/Reliance-International-Academy-copy.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

रिलाइन्सले प्राबिधिक त्रुटी भएको स्वीकार्याे, विद्यार्थी जुगलमा भर्ना

कपन अनलाइ  वैशाख -१०

रिलाइन्स स्कूलले कक्षा नर्सरीदेखि  पढाएको विद्यार्थी   कक्षा सातको परीक्षामा  असफल हुदा  विद्यार्थीलाई भर्ना नलिएको विषयमा कपन अनलाइनले प्रकाशित गरेको समाचापछि सम्बन्धित दुवै पक्ष बीच छलफल भएको छ । कपन अनलाइनसहितको छलफलमा स्कूलले प्राविधिक त्रुटी भएको बताएको छ ।

Reliance-International-Academy copy

स्कूलका अनुसार विद्यार्थीका अभिभावकले ढिलो सम्पर्क गरेको र सो कुरा प्रिन्सिपलसम्म नपुगेकोले यो समस्या उत्पन्न भएको हो ।  रिलाइन्सका प्रिन्सिपल खेमलाल भुषालले यो घटनालाई नियतबस भएको घटना नसम्झिदिन अनुरोध गरेका छन् ।  भुषालले विद्यार्थी आएको खण्डमा उनलाई भर्ना लिइने बताए ।

यद्यपि अभिभावकले २ दिन अगाडि नभएको सिट समाचार प्रकाशित भएपछि कसरी उपलब्ध भयो ? भन्दै अब रिलाइन्समा आफ्नो बच्चा नपढाउने बताए ।

 

यसैबीच सृजन मिश्रल कपनकै जुगल इंग्लिस स्कूलमा भर्ना भएका छन् । जुगल स्कूलका अध्यक्ष डोरप्रसाद आचार्यका अनुसार उनलाई परीक्षा लिएर भर्ना गरिएको हो । कपन अनलाइनसँगको भेटमा आचार्यले विद्यार्थीमा सुधारका प्रशस्त संभावना देखेर हामीले भर्ना लिएका हौं  भने ।

तपाइँको प्रतिक्रिया ।