Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/04/Reliance-International-Academy.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

रिलाईन्सले नर्सरीदेखी आफैले पढाएको बिद्यार्थीलाई निष्कासन गर्यो

काठमाडौं, नेपालीमा एउटा उखान छ’धोतीको जुम्रा टाउकोमा पुग्यो भने बढि सक- सकाउछ।’ यसबेला यो उखान कपनको आफूलाई अब्बल दर्जाको बिद्यालय घोषणा गर्ने रिलाइन्स एकेडेमीमा लागु भएको छ । कुनै बेला बिद्यार्थी नपाएर घरमा देउसी खेल्र्दै हिँड्ने यस बिद्यालयले यसो केही संख्यामा बिद्यार्थी पाएपछि बढि तजुक देखाएको छ ।यसलाई कतिपयले ‘मर्ने बेलामा कमिलाको पखेटा पलाएको’ रुपमा चित्रण गर्न थालेका छन् ।

Reliance International Academy

 

रिलाइन्समा प्रबेश गर्दा भुत्ते चप्पल र चाउरे अनुहार लगाएर प्रबेश गरेका यसका संचालकहरुको चिल्लो अनुहार र रुखो ब्यबहारका कारण समुदायसगको सम्बन्ध पुरै टुटेको मानिन्छ । पछिल्लो पल्ट यस स्कुलले आफैले नर्सरी देखी पढाएका बिद्यार्थीलाई सात कक्षामा आएर भर्ना लिन अस्वीकार गरेर आफ्नो सक्कली अनुहार उदांगो परेका छ ।

नर्सरीदेखि यस बिद्यालयमा अध्ययन गर्दै आएका कक्षा सातका सृजन मिश्रलाई कम्जोर बिद्यार्थी भन्दै भर्ना लिन अस्विकार गरेपछि उनका अभिवभाक चिन्तित भएका छन् । यत्रो बर्ष लगानी गरेर यस बेला किन निष्काशन गरियो भनेर आक्रोशित पनि बनेका छन् । माध्यमिक तहसम्मको पढाइमा विध्यार्थीलाई फेल गर्न नपाइने नियम तोडेर यस विद्यालयले सृजनलाई शिक्षाबाट विमूख बनाइएको अभिबावकको आरोप छ । आफुले दश बर्ष पढाउदा पनि बिद्यार्थी कम्जोर हुनुमा बिद्यालयले जिम्मा लिनुपर्दैन भनेर समेत प्रश्न गरिरहेका छन् अभिभावक ।

 

नेपालमा मात्र नभइ विश्वका अधिकांश देशमा विद्यार्थीलाई फेल गर्न पाइन्न । काठमाडौँको मुटुमा रहेको रिलाइन्सले राज्यको नीतिलाई लत्याएको छ । यस बिषयलाई लिएर आन्दोलन चर्काउने बिषयमा समेत अभिभावकहरुले छलफल चलाएका छन। उनीहरुले यस बिषयमा बिभिन्न बिद्यार्थी संगठन र स्कूल संगठनहरूसँग समेत उजुरी हाल्ने तयारी गरेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।