Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/04/biplab-new-parrty-400x266-150x150.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

विप्लव माओवादीद्वारा ३ सय रोपनी जग्गा कब्जा

बैशाख ७, काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले सिन्धुपाल्चोकका विभिन्न गाविसमा रहेको ३०० रोपनी जग्गा कब्जामा लिएका छन् ।

biplab-new-parrty-400x266

माओवादी सशस्त्र युद्धका बेला कब्जा गरेको जग्गा भूमाफियाले बेचबिखन गर्न लागेको भन्दै बाध्य भएर आफूहरुले जग्गा कब्जामा लिएको माओवादीले जनाएको छ । सिन्धुपाल्चोकको भीमटार–२, ३ र ५, बाँडेगाउँ– ५ र ९ तथा बतासे–२ मा नेत्रविक्रम काजीको नाममा दर्ता भएको ३०० रोपनी जग्गा माओवादीले कब्जामा लिएको हो ।

राजनीतिक द्वन्द्वको समाधान भइनसकेको, भूमिसुधार ऐनअन्तर्गत पनि हदबन्दीभन्दा बढीको अवस्थामा रहेको भन्दै माओवादीले जग्गा बेचबिखन गर्न नदिएको हो । सामन्त जमिन्दार र भूमाफियाविरुद्ध वैज्ञानिक र क्रान्तिकारी भूमिसुधार प्रणालीबाट राज्यको नीति नबनेसम्म जग्गा कब्जालाई निरन्तरता दिने नेकपा (माओवादी)का जिल्ला सेक्रेटरी कमल माझीले विज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ ।

तपाइँको प्रतिक्रिया ।