शिव बजगाइँले खण्डन गरे

शिव बजगाइँले खण्डन गरे

1-PHOTO-5

कपन अनलाइन\बैशाख ७, २०७२
कपन अनलाइनमा प्रकाशित एक समाचारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै कपनमा एमाओवादी पार्टीबाट राजनीति गर्ने शिव बजगाइँले खण्डन गरेका छन् । कपन अनलाइनमा सिद्धेश्वर मन्दिरको बारेमा प्रकाशित समाचारमा उनले माइन्युट र व्यानर बोकेर हिँडेको भनिएकोमा उनले असन्तुष्टि व्यक्त गरेका हुन् । कपन अनलाइनलाई फोन सम्पर्क गरी बजगाइँले सो दिन आफूले अरु केही पात्रले व्यानर र माइन्युट बोकेर हिँड्न खोज्दा आफूले रोकेको बताए । सो मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका बजगाइँले आफूबाट त्यस किसिमको अराजक कार्य कहिल्यै गर्ने नगरेको र समझदारीको पक्षमा रहेको बताएका छन् । केही हुँडार प्रवृतिका व्यक्तिले दिएको अपुष्ट कुरा समाचार बनेकोमा मर्माहत भएको पनि बजगाइँले जनाएका छन् ।

यसैबीच कपन अनलाइनसँगको भेटमा सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको निर्वाचन प्रकृयामा निर्वाचन मण्डलमा रहेको डोरप्रसाद आचार्यले शिव बजगाइँले त्यसो नगरेको बताए । आचार्यले केही अरु पात्रले सदस्यताको बारेमा निहुँ झिकेर माइन्युट खोसेर हिँड्न खोज्दा शिव बजगाइँले माइन्युट नखोस्न पहल गरेको बताउँदे सो माइन्युट आफूसँग रहेको बताए ।

 

तपाइँको प्रतिक्रिया ।