कपनमा शाक्य परिवारले गरे २ करोडको दान

कपनमा शाक्य परिवारले गरे २ करोडको दान

साविक कपन गाविस वडानम्बर ३ हाल बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२  स्थित कपन क्याम्पस नजिकै चाबहिल कुटुबहाल  स्थित शाक्य  परिवार का ( सातघर) बाट करिब आठ आना २ करोड रुपियाँ  बराबरको जग्गा गणेश भगवान तथा सरस्वती माताको मन्दिर निर्माणका लागि दान  गरिएको छ ।

DSC_4256

शिल्यान्यास आज एक कार्यक्रम गरि   काठमाडौँ क्षेत्रनम्बर ४ का सभासद गगन कुमार थापाले गर्नुभयो ।  कार्यक्रममा बोल्दै थापाले भने  स्थानीयवासीले गर्नलाग्नु भएको धार्मिककार्यमा  म सधैँ तपाई हरुको साथमा छु । यस मन्दिर निर्माणका लागि आवश्यक सहयोगगर्न म सधै तयार छु ।

DSC_4278

यस मन्दिर निर्माणका लागि स्थानिय  १५० जनाले करिब ६ लाख रुपियाँ सहयोग गरेकाछन भने मन्दिर निर्माणगर्न २५ लाख रुपया लाग्ने र   मन्दिर निर्माण कार्य सम्पन्न हुन १ वर्ष समय लाग्ने  समितिका कोषाध्यक्ष कमल प्रसाद कडेल ले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।