Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/04/sport-icon-5100990.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

खेलकुदमा उल्लेखनीय उपलब्धि हासिल हुन नसकेको वर्ष

काठमाडौँ, ३० चैत । नेपाली खेलकुदमा विसं २०७१ लाई फर्केर हेर्दा कुनै पनि विधाका खेलका खेलाडीले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा खासै उल्लेखिनीय प्रदर्शन गर्न सकेनन् ।
विगतका वर्षका तुलनामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीहरुको सेवा सुविधामा केही राम्रो प्रयास भने गरेको पाइयो । सरकारले विसं २०७१ मा युवा तथा खेलकुद मन्त्रालयका लागि रु एक एक अर्ब ४६ करोड बजेट छुट्याएको थियो । जसमा राखेपमा रु एक अर्ब २१ करोड निकास भएको थियो । बाँकी रु २५ करोड बजेट खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ सिल्ड र युवा कार्यक्रमका लागि छुट्याएको थियो ।
राखेपमा निकास भएको रु एक अर्ब २१ करोड बजेट विभिन्न किस्तामा आउने गर्छ । जसमा कर्मचारीको तलब र भत्ताका लागि रु ३१ करोड, कार्यक्रम र खेलकुद प्रतियोगिताका लागि रु ११ करोड तथा बाँकी रु ७९ करोड निर्माण तथा पुँजीगत खर्चका लागि छुट्याइने गरेको राखेपका आर्थिक प्रशासन प्रमुख कमल खनाल बताउनुहुन्छ ।

sport-icon-5100990
खेलाडी र खेलका लागि खर्च भएको रु ११ करोड मध्येबाट नेपाली खेलाडीले उत्कृष्ट नतिजा हासिल गर्न सक्ने अवस्था भने पक्कै हुँदैन । नेपालको तुलनामा अन्य देशहरुले आफ्ना खेलाडीको लागि भौतिक, आर्थिक दुवै क्षेत्रमा उत्कृष्ट लगानी गरेको हुन्छ ।
यस्तै राष्ट्रिय टिममा रहेका प्रत्येक खेलाडीका लागि राखेपले दिनको रु २५० भत्ता दिँदै आएको छ । थोरै लगानी र कमजोर संरचनाका कारणसमेत नेपाली खेलाडीले मध्यम किसिमको प्रदर्शन गर्दै आइरहेका छन् । यसै वर्ष दक्षिण कोरियामा सम्पन्न १७औँ एसियाडमा करातेकी विमला तामाङबाहेका अन्य खेलाडीमाथी गरेको लगानी बालुवामा पानी हालेसरह हुन पुग्यो ।
यस्तै विसं २०७१ मा सम्पन्न अन्य प्रतियोगितामा नेपालले अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्न नसकेपनि केही खेलाडी व्यक्तिगत प्रदर्शनीका कारण चर्चा बटुल्न सफल भए ।

क्रिकेट–कप्तान : पारस खड्का
नेपालमा अन्य खेलको तुलनामा क्रिकेटले केही सफलता हासिल गरेको देखियो । नेपाल क्रिकेट सङ्घ (क्यान) भित्रको विवादका बाबजुत पनि खेलाडी र प्रशिक्षक पुबुदु दसानायकेको मेहनतका कारण क्रिकेटले सफलता हात पार्न सकेको हो ।
नेपाली क्रिकेटले सफलता हात पार्नुको पछाडि प्रत्येक खेलाडीको उत्तिकै महेनत र प्रदर्शन भने पक्कै छ । नेपाली क्रिकेटले सफलताको शिखर चढ्नुको पछाडि पारस खड्काको कुशल र अुनशासित कप्तानी नै हो । उनकै कप्तानीमा नेपालले यसैवर्ष नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेटअन्तर्गत ‘डिभिजन दुई’ मा चार पटक विश्वकप खेलिसकेको नेदरल्यान्डसलाई दुई विकेटले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।
‘डिभिजन दुई’मा नै उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्न पाउने अवसरसमेत प्राप्त गरेको छ ।
कप्तान खड्काले नेपाली टोलीका प्रत्येक खेलाडीको मन सहजै जित्न सफल भएका छन् । त्यसैले उनी खेलाडीलाई सही ठाउँमा प्रयोग गर्छन् । जसका कारण नेपालले कमजोर संरचनामा पनि ठूलो सफलता हात पार्दै आएको छ ।
काठमाडौँमा जन्मिएका २७ वर्षीय कप्तान खड्काको उत्कृष्ट प्रदर्शनका कारण उनले यस वर्ष बेलायतको पुरानो ‘मेलबर्न क्रिकेट क्लब’बाट टि–ट्वान्टी प्रतियोगिता खेल्ने अवसरसमेत प्राप्त गरे । उनले भारतका पूर्व राष्ट्रिय खेलाडी युवराज सिंह तथा बेलायतका एलेष्टर कुकसँग संयुक्त अरब इमिरेट्स (दुबई) मा ‘टि–ट्वान्टी’ क्रिकेट खेलेका थिए ।

लनटेनिस–संरक्षक : भुषण वज्राचार्य
यस वर्ष लनटेनिसमा नेपालले केही सफलता हासिल गर्न सफल रह्यो । जुनियर टेनिसतर्फ अन्तर्राष्ट्रिय प्रतियोगिता थुप्रै उत्साह जनक नतिजा देखा परे । नेपाली टेनिसलाई उपलब्धिमूलक बनाउने क्रममा संरक्षक भुषण वज्राचार्य अग्रपङ्क्तिमा रहे ।
भियतनाममा सम्पन्न ‘एसियन जुनियर टेनिस प्रतियोगिता’मा नेपालले तेस्रो हुँदा वज्राचार्यले एकल खेलमा छ मा जित हात पारे भने एकमा पराजय भोग्नु प¥यो । युगलमा रेन्जन लामासँग समेत उनको जोडी जमेको थियो ।
लगत्तै ‘एसियन लन टेनिस (एटिएफ)जुनियर टु’मा प्रवेश गरेका उनी एक पछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘डिभिजन वान’मा प्रवेश गर्न सफल रहे । नेपाली टेनिसलाई नजिकबाट नियालेका एटिएफ दक्षिण पूर्वी एसिया हेर्ने प्राविधिक निर्देशक सुरेश मेननसहितको सहयोगमा उनले थाइल्यान्डमा डिभिजन वान खेल्ने तथा विशेष प्रशिक्षणको अवसर समेत प्राप्त गरे ।

कराते : विमला तामाङ
इन्चोनमा सम्पन्न सत्राँै एसियाली खेलकुदमा नेपाललाई काश्य पदक दिलाउन सफल विमला तामाङ वर्ष २०७१ मा सबैभन्दा सफल नेपाली खेलाडीका रुपमा रहिन । दुई चिरामा विभाजित नेपाली करातेमा विमलाको पदक यस कारण पनि महत्वपूर्ण बन्यो की प्रतियोगितामा सहभागिताका लागि राज्यले तयार पारेको सूचीभन्दा उनी बाहिरकी खेलाडी थिइन् ।
नेपाल ओलम्पिक कमिटी र डब्लुकेएफबाट मान्यता प्राप्त नेपाल कराते महासङ्घको पहलमा विमलाले प्रतियोगिताको महिला एकलकातातर्फ पदक जितेकी हुन् । एसियाडमा पदक जित्ने उनी मात्र एक्ली खेलाडी थिइन । राज्यले तयार पारेको सूचीमा रहेका खेलाडीले भने कुनै पदक जित्न सकेनन् ।

कराते प्रशिक्षक : धु्रवविक्रम मल्ल
बलाजु कराते एकडेमीका प्रमुख ध्रुवविक्रम मल्ल यसवर्षको सफल खेल प्रशिक्षकका रुपमा रहे । यसअघि एकेडेमीका उत्पादन सुनील लामा, लक्ष्मी भट्ट, अनु अधीकारी र मल्लीका थापाका अघिल्तिर ध्रुव छाँयामै परेका थिए ।
ध्रवले उनकै एकेडेमीकी विमलालाई आफ्नै लगानी तथा पहलमा एसियाडमा सहभागी गराएका थिए । उक्त प्रतियोगितामा विमला नेपाललाई पदक दिलाउन सफल भइन् र नेपाली खेलकुद जगतमा निकै चर्चा बटुल्न पुगिन ।

भलिबल :  प्रतिभा माली
विस २०७१ मा नेपाली खेलकुदमा भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा सोचेभन्दा अत्यधिक सफलता हात पा¥यो । काठमाडाँैमा सम्पन्न ‘प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसीप’मा नेपालले दोस्रो स्थान हात पा¥यो । त्यस्तै माल्दिभ्समा सम्पन्न बिच भलिबलमा नेपाली महिला टोलीले अब्बल खेल प्रदर्शन ग¥यो । दक्षिण एसियाली महिला भलिबलमा नेपालले दोस्रो स्थान हासिल गर्नुमा ‘न्यु डाइमन्ड भलिबल क्लब’की स्पाइकर प्रतिभा मालीको निकै ठूलो हात रहेको थियो । दक्षिण एसियाली महिला भलिबलमा सहभागिता जनाएका खेलाडीमध्ये उनी सबैभन्दा कान्छी खेलाडी थिइन् । त्यतिबेला उनको उमेर मात्र १३ वर्ष थियो ।
यसैवर्ष पोखरामा सम्पन्न खुला महिला भलिबल प्रतियोगितामा उनी ‘वेष्ट प्लेयर’ र अन्य प्रतियोगितामा ‘वेष्ट स्पाइकर’को उपाधिबाट सम्मानित भइन् ।
न्यु डाइमन्ड महिला भलिबल टोलीका प्रशिक्षक कुमार राइ भन्नुहुन्छ, “भलिबलका सम्पूर्ण प्रतियोगितामा प्रतिभा मालीको प्रदर्शन उत्कृष्ट रह्यो ।”

बुद्धिचाल : रुपेस जयसवाल
नेपाली बुद्धिचालमा नयाँ नायकको रुपमा उदाएका रुपेस जयसवालले काठमाडाँैमा सम्पन्न ‘एसियन जोनल थ्री प्वाइन्ट टु’ प्रतियोगितामा नौ चरणबाट ६ स्कोर गर्दै ‘फिडे मास्टर’को उपाधि जित्न सफल रहे । झापामा सम्पन्न चौथो ध्रुवतारा कपबाट लयमा फर्केका उनी काठमाडाँैमा उपविजेता समेत बने ।
उनले ढाकामा भएको ग्रान्डमास्टर प्रतियोगितामा पनि सानदार प्रदर्शन गरे । लगत्तै भारतको कोलाकातामा सम्पन्न ग्रान्डमास्टर प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । जयसवालले एसियन जोनलमा समेत उत्कृष्ट प्रदर्शन गरे । काठमाडौँमै सम्पन्न सहकारी कपमा उनले रेटिङ दुई हजार २०० नाघे ।
नेपाल बुद्धिचाल सङ्घका उपाध्यक्ष एवम अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाइजुका जयसवाललाई यो वर्षको उत्कृष्ट खेलाडी रहेको बताउनुहुन्छ । “उनी भविष्यका आशलाग्दा खेलाडी हुन्” खाइजुको भनाइ छ ।

बास्केटबल : अनुसा मल्ल ठकुरी
नयाँ पुस्तामा बास्केटबल खेल निकै लोकप्रिय बन्दै गएको छ । यहाँका प्रत्येक विद्यालय र क्याम्पसमा बास्केटबल खेलले निरन्तरता पाउँदै गरेको छ ।
बास्केटबलमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको यो वर्ष मात्र हो । नेपाली महिला बास्केटबल टिमले यस वर्ष कोरियाको एन्चोनमा सम्पन्न १७औँ एसियन खेलमा पहिलो पटक सहभगिता जनाएको थियो । लगत्तै नेपाली महिला टोलीले थाइल्यान्डको फुकेटमा सम्पन्न बिच गेममा समेत सहभागिता जनायो ।
पहिलो पटक एसियाडमा सहभागिता जनाएको महिला बास्केटबल टिमले खासै प्रदर्शन गर्न नसके पनि ब्यक्तिगत रुपमा भने टोलीकी सदस्य अनुषा मल्ल ठकुरीले उत्कृष्ट प्रदर्शन गरिन । उनले एसियाडमा काजकस्तान विरुद्धको खेलमा नेपालको तर्फबाट सर्वाधिक १२ अङ्क जोडेकी थिइन । एसियाडकै अन्य खेलमा समेत उनको प्रर्दशन आशलाग्दो रहेको थियो ।

फुटबल
नेपाली खेलकुद जगतमा सवैभन्दा लोकप्रिय खेल फुटबललाई मानिँदै आएपनि राम्रो नतिजा भित्र्याउन भने सकेको छैन ।
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० भित्रको विवाद र खेलाडीहरुको कमजोर प्रदर्शनका कारण नेपाली फुटबलको स्तर दिनानुदिन खस्कदै गएको छ । यसवर्ष नेपालको सिनियर टोलीले सहभागिता जनाएका पछिल्ला आठ खेलमा कुनै पनि गोल गर्न नसक्नु लज्जास्पद विषय बन्यो ।
तर व्यक्तिगततर्फ भने युवा खेलाडी विमल घर्तीमगरले अन्य खेलाडीको तुलनामा राम्रो प्रर्दशन गरे । उनी नेपालको तर्फबाट युरोपियन क्लबमा खेल्ने पहिलो फुटबल खेलाडीको रुपमा आफुलाई चिनाउन सफल भए ।
उनले बेल्जियमको ‘रोयल स्पोटिङ एन्डरलक क्लब’बाट खेल्ने सुनौलो अवसर प्राप्त गरेका थिए । नेपालले अन्तर्राष्ट्रियस्तरमा खेलेका सबै उमेर समूहको टोलीमा पर्न उनी सफल रहे । नेपालले खेलको अन्तराष्ट्रिय प्रतियोगितामा विमल प्रायः जसो स्ट्राइकरको रुपमा पहिलो रोजाई बने । यही कारण उनी नेपाली फुटबलका प्रतिभावान खेलाडीको रुपमा स्थापित छन् ।

क्रिकेट प्रशिक्षक : पुबुदु दासानायके
नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानाकेले नेपाली खेलकुदमा क्रिकेटलाई सफलता दिलाए । उनकै नेतृत्वमा नेपालले डिभिजन पाँच देखि डिभिजन दुईसम्म तथा विश्वकप –टि–ट्वान्टी’ क्रिकेट छनोट प्रतियोगिताको यात्रा तय गरेको थियो । उनकै सहयोगले आइसिसीका क्रिकेट विकास अधिकारीसमेत आएर नेपाली टोलीलाई प्रशिक्षण समेत दिएका थिए ।
नेपाल डिभिजन दुईबाट एकमा बढुवा हुन नसकेपनि उत्कृष्ट खेल प्रदर्शन गरेकै कारण उनकै पहलमा आइसिसीले नेपाललाई दुई वर्षको लागि ‘वल्र्ड लिग च्याम्पियनसिप’मा खेल्न पाउने अवसरसमेत प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले २०७१ साललाई स्मरण गर्दै यस यस वर्षको खेलकुदमा नतिजा, पूर्वाधार निर्माण र समग्र अन्तर्राष्ट्रिय खेलकुद गतिविधि राम्रो भएको बताउनुभयो ।
“साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्नु दुःखद् पक्ष रह्यो’ उहाँले भन्नुभयो । गत माघमा सञ्चालन गर्नुपर्ने भए पनि अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराएका कारण प्रतियोगिता आयोजना गर्न नसकेको राखेप सदस्य सचिव लामाको भनाइ छ । रासस

मुना कार्की÷अनिल मल्ल ठकुरी

तपाइँको प्रतिक्रिया ।