मोबाइल कार्निभल २०१५ शुरु, उदघाटनमा एसिड घट्नाका पिडित किशोरीहरुलाई ५० हजार रुपैंया छात्रवृत्ति 

मोबाइल कार्निभल २०१५ शुरु, उदघाटनमा एसिड घट्नाका पिडित किशोरीहरुलाई ५० हजार रुपैंया छात्रवृत्ति 
काठमाडौं, २८ चैत ।
नयाँ वर्षको अवसर पारेर मोबाइल हबको रुपमा चिनिएको पाको न्यूरोड क्षेत्रमा आजदेखि मोबाइल कार्निभल २०१५ औपचारिकरुपमा शुरु भएको छ । पाको युथ क्लबको आयोजनामा शुरु भएको कार्निभलको उदघाटन एसिड घट्नाकी पिडित किशोरी सिमा बस्नेतले गरेकी थिईन् ।
किशोरी सिमा बस्नेतले एसिडबाट आफु पिडित भएपनि आगामी दिनमा अझै ससक्तरुपमा जिवन शुरु गर्ने बताईन् । उनले पाको यूथ क्लबको नेतृत्वमा दिएको सहयोग रकम भविश्यमा उच्च शिक्षामा सदुपयोग गर्ने भनाई व्यक्त गरिन् ।
मोबाइल कार्निभल २०१५ को उदघाटनको अवसर पारेर कार्निभल आयोजकको तर्फबाट एसिड घट्नामा पिडित किशोरीहरु संगिता मगर तथा सिमा बस्नेतलाई उच्च शिक्षाको लागि छात्रवृत्ति रकम अन्तरगत ५० हजार रुपैंया नगद सहयोग हस्तान्तरण गरिएको छ ।
1
क्लबका अध्यक्ष अमृत मानन्धर तथा टेलि टू प्रा लिका अध्यक्ष पुरुषोत्तम बस्नेतद्धारा सिमा बस्नेत तथा संगिता मगरका आमालाई प्रतिव्यक्ति २५ हजार रुपैंया तथा हुवावेको स्मार्टफोन प्रदान गरियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मगर र बस्नेतलाई कुल ५० हजार रुपैंया संयुक्त रुपमा प्रदान गरिएको हो ।
उदघाट्न कार्यक्रममा टेलि टूका अध्यक्ष पुरुषोत्तम बस्नेतले कार्निभलमा व्यवसायका साथै सामाजिक कार्यअन्तरगत एसिड घट्नका पिडित दुईजना किशोरीहरुलाई सहयोग गरिएको बताए । उनले यो कार्निभल तथा महोत्सव अवधिभर पाको, न्यूरोड, ताम्राकार कम्प्लेक्स तथा पिपुल्स प्लाजा क्षेत्रका पसलहरुमा ग्राहकहरुले अधिक छुटमा मोबाइल तथा एसेसरिज खरिद गर्न सक्ने जानकारी दिए ।
त्यसैगरी क्लबका अध्यक्ष अमृत मानन्धरले महोत्सवलाई नयाँ वर्षको स्वागत गर्ने अवसरको रुपमा लिएर ग्राहकहरुले मोबाइल खरिदमा अधिक फाईदा लिन सक्ने दाबी गरे ।
कार्यक्रममा सामसुंग मोबाइल एण्ड इलेक्ट्रोनिक्सका गुरुदत्त शर्माले महोत्सवको पहिलो दिनदेखि नै विभिन्न ब्राण्डका मोबाइल सेटहरुको बिक्री बढेको जानकारी दिए । उनले हुवावेको अनर होलीको माग अधिक भएको भन्दै अन्य ब्राण्डको मोबाइल सेटको बिक्री पनि सन्तोषप्रद रहेको बताए ।
आज चैत २८ गतेदेखि २०७२ वैशाख १ गतेसम्म आयोजना हुने नेपालको सबैभन्दा ठूलो र पहिलो मोबाइल महोत्सवको अवधिभर मोबाइल खरिदकर्ताहरुलाई विभिन्न स्कीममार्फत कुल १ करोड रुपैंयासम्मको छुट दिईने भएको छ ।
त्यसैगरी मोबाइल महोत्सवको अवधिभर पाको न्यूरोड क्षेत्रमा मोबाइल खरिद गर्ने एस. एल. सी. दिएका विद्यार्थीहरुमध्ये १ जनाले ५० हजार रुपैंयासम्मको स्कलरशिप दिईनेछ । साथै एस. एल. सी. दिएर बसेका विद्यार्थीहरुलाई लक्की ड्रमार्फत मोबाइल खरिदमा विशेष उपहारसहित छुट पनि दिईने छ ।
कार्निभलमा मोबाइल खरिद गर्ने अन्य ग्राहकहरुलाई महोत्सव अवधिभर ५० वटा स्मार्टफोनहरु उपहारमा दिईनेछ । मोबाइल कार्निभल तथा महोत्सव अवधिभर १० लाख उपभोक्ताहरुको सहभागिता हुने अनुमान गरिएको छ । कार्निभल तथा नयाँ वर्षको अवसर पारेर ल्याईने विभिन्न स्कीमहरु भने वैशाख १५ गतेसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।
पाको यूथ क्लबको सहितको सहभागीतामा पहिलो पटक आयोजना हुन लागेको मोबाइल कार्निभल तथा मोबाइल महोत्सव २०१५ पाको, न्यूरोड, ताम्राकार कम्प्लेक्स तथा पिपुल्स प्लाजाका सबै मोबाइल पसलहरुको सहभागिता हुनेछ ।
आजसम्मकै सबैभन्दा बढि मोबाइल व्यवसायीहरुको सहभागीतामा आयोजना हुने यो मोबाइल कार्निभलमा मोबाइल म्यूजिकल कन्सर्ट, मोबाइल फुड फेस्टा, हेल्थ क्याम्प, बालबालिकाको गेमिंग जोन, गणेश पुजा तथा मोबाइल एक्सपो समाबेश गरिएको छ ।
२०० भन्दा बढि मोबाइल पसल तथा शोरुमहरु रहेको पाको न्यूरोड तथा ताम्राकार कम्प्लेक्स क्षेत्रमा हाल २५ भन्दा बढि मोबाइल ब्राण्डका आधिकारीक सर्भिस सेन्टरहरु संचालनमा रहेका छन् ।
मुलुकमा नै पहिलो पटक नौलो किसिमले आयोजना गर्न लागिएको मोबाइल कार्निभल २०१५ मा सामसुंग, हुवावे, कलर्स, जियोनी, इन्टेक्स, डिटिसी, सोनी, माइक्रोम्याक्स, माइक्रोसफ्ट तथा नोकिया, एप्पल, एचटिसी, ब्ल्याकबेरी, पानासोनीक, लेनोभो, सेलकोन, लाभा, बिक्यू, जोलो, विनकम, फ्लाई, भिडियोकोन, बर्डलगायतका मोबाइल ब्राण्डहरुको सहभागीता रहेको छ ।
पाको न्यूरोड क्षेत्रमा आयोजना हुने मोबाइल कार्निभलमा मोबाइल एशोसियसन, पाको न्यूरोड मोबाइल व्यवसायी, ताम्राकार कम्प्लेक्स तथा यो क्षेत्रमा रहेका व्यापार संघहरुले सहभागिता जनाउने छन् ।
तपाइँको प्रतिक्रिया ।