अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा खेल हुँदै

अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा खेल हुँदै

काठमाडौ, २८ चैत । बलले लागेर निधन भएका अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा आज टीयू क्रिकेट मैदान मैत्रीपूर्ण खेल हुँदैछ ।
३१.३ ओभर पालीमा हुने खेल बिहान ११ बजे सुरु हुने छ । ह्युजले आफ्नो अन्तिम टेस्टमा अविजित ६३ रन बनाएकाले दुवै पालीलाई मिलाएर ६३ ओभरको खेल हुन लागेको हो । खेलमा नीलो र रातो टिम सहभागी हुनेछन् ।

Canepal
नीलो टोलीको नेतृत्व नेपालका पूर्वराष्ट्रिय कप्तान विनोद दासले गर्नुहुनेछ भने रातो टोलीको नेतृत्व अस्ट्रेलियाको प्रथम श्रेणी क्रिकेटर रायन कार्टर्सले गर्नुहुनेछ । नेपाल क्रिकेट संघ (क्यान) को पहलमा यो खेल हुन लागेको हो । सुरुवातमा अस्ट्रेलियन टोली र नेपाली टोलीबीच यो खेल हुने बताइए पनि अस्ट्रेलियन खेलाडीको व्यस्तताका कारण नीलो र रातो टिम बनाइएको हो ।

१६ र १६ खेलाडी रहेको टोलीमा २८ जना नेपाली खेलाडी रहनेछन् ।
कार्टर्सले नेतृत्व गर्ने नीलो टोलीमा अस्ट्रेलियाका पूर्व यु १९ राष्ट्रिय कप्तान टिम एन्डर्सन र पूर्वटेस्ट खेलाडी म्याथ्यु थोमस ग्रे एलियट पनि हुने नेपाल क्रिकेट संघले जनाएको छ । ह्युजले एकदिवसीय अन्तर्रा्ष्ट्रिय र टेस्टमा लगाउने टिसर्ट र उनले प्रयोग गर्ने ब्याटलाई आरोही दलमार्फत सगरमाथाको चुचुरोमा र्पुयाउने कार्यक्रम पनि छ । फिलिप ह्युजको नाममा नेपालमा हरेक वर्ष खेल स्मृति खेल हुने भएको छ । अस्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्ष वेल्ली एडवार्डसले नेपालमा हरेक वर्ष यो खेल आयोजना गर्न आफूले सहयोग गर्ने बताउनु भएको हो ।
आजकै खेलबाट नेपाली टोलीका पूर्वकप्तान विनोद दासले अन्तरराष्ट्रिय क्रिकेटबाट औपचारिक संन्यासको घोषणा गर्ने कार्यक्रम छ ।

तपाइँको प्रतिक्रिया ।