विस्केट जात्रा सुरु हुँदै, यस्तो छ सुरक्षा तयारी

विस्केट जात्रा सुरु हुँदै, यस्तो छ सुरक्षा तयारी

भक्तपुर, २७ चैत । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु हुँदैछ ।
आज पहिलो दिन तौमाढिस्थित भैरव मन्दिरमा पुजा गरी दिउँसो भैरव र भद्रकालीको रथ तानेर जात्राको सुरुवात गरिदैछ । जात्रा अन्तर्गत चैत मसन्त दिन बिहान कुमाले टोलमा हात नभएको लिंगो र साँझपख भेलुखेलमा बाजागाजासहित तान्त्रिक विधिद्धारा पुजा गरि पुरानो वर्षको विदाई र नयाँ वर्षको स्वागतमा ५५ हाते लामो लिंगो उभ्याउने चलन छ ।

bisket-jatra
बिस्केट जात्राको पाँचौं दिन नयाँ वर्षमा त्यहि लिंगोलाई ढाल्ने गरिन्छ । त्यसै दिन खलाँ टोलमा भैरव र भद्रकालीको रथ एक आपासमा जुधाइने परम्परा छ ।
त्यसैगरी जात्राको छैंटौं दिन मध्यपुर ठिमीको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइनेछ भने जात्राको आठौं दिन पुनः पहिलो दिन जस्तै भैरव र भद्रकालीको रथ तानेर समापन हुनेछ ।
यसैबीच जात्राको क्रममा झैझगडा तथा हुलदंगा हुन नदिन जिल्ला प्रशासन भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरले विशेष सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ ।
जात्राका सुरक्षाका लागि भक्तपुर नगरपालिका दत्तात्रयबाट तौमाढी हुँदै गहिटीबाट भेलुखेलसम्म १९ स्थानमा सिसी टिभि क्यामरा जडान गरिएको छ । जात्रा अवधिभर खुल्ला रुपमा मदिरा बिक्री समेत रोक लगाइएकोे छ ।

तपाइँको प्रतिक्रिया ।