सलमान खानविरुद्द हातपात र चोरी मुद्दा

सलमान खानविरुद्द हातपात र चोरी मुद्दा

बलिउड अभिनेता सलमान खानविरुद्द दिल्लीको एक अदालतमा गालीगलौज,हातपात र महत्वपूर्ण कागजात चोरी आरोपको मुद्दाबारे अनुसन्धान सुरु गरिएको छ । भारत सरकार भ्रष्टाचार उन्मूलन समितिका सदस्य रवीन्द्र द्विवेदीले खानविरुद्द अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दामाथि एयरपोर्ट प्रहरीले खोज अनुसन्धान सुरु गरेको हो ।

salman-khan
गत वर्ष ४ नोभेम्बरमा मुम्बईबाट दिल्ली जाने क्रममा आफू र सलमान खान सँगैको सिटमा रहेको र सोही क्रममा खानका सुरक्षाकर्मीका कारण आफूमाथि अभिनेता खानले हातपात,गालीगलौज गरेको द्विवेदीले उजुरीमा उल्लेख गरेका छन् ।
भाजपाका नेता गोपीनाथ मुण्डेको निधनसँग सम्बन्धित अनुसन्धानमूलक कागजातको फाइन पनि आफूबाट खानका अंगरक्षकले खोसेर लगेको पनि उजुरीमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।