Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/04/hatya.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

यसरी गरिएछ उदयपुरका पत्रकार भट्टराईको हत्या

इटहरी, २३ चैत ।  उदयपुरका पत्रकार सचिन भट्टराई (राम) को ज्यान लिने व्यक्तिहरु अन्ततः पक्राउ परेका छन् । पत्रकार भट्टराईका हत्यारालाई इलाका प्रहरी कार्यालय इटहरीले सोमबार धरानबाट पक्राउ गरेको हो ।

hatya
चैत ११ गते राती इटहरी–२६ नम्बर आँपगाछीमा भट्टराई मृत अवस्थामा भेटिएका थिए । पक्राउ पर्नेमा सृष्टि मेमोरियल ट्रष्ट धरानको को१च ६३८९ नम्बरको एम्बुलेन्स ड्राईभर जीवन विसंखे, एम्बुलेन्स धनी निको मेडिकल हल धरानका सञ्चालक मनकुमार राई र धरानकै प्रेम राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माका अनुसार घटनामा संलग्न धरानकै मणिविक्रम तामाङ भने फरार छन् ।
आइतवार साँझ बीपी प्रतिष्ठान धरानको मुलगेट अगाडिको एक होटलमा रक्सी खाइरहेका विसंखे र प्रेम राईले घटनामा संलग्न अरुलाई पक्राउ गरेको भन्दै नेपाल प्रहरीलाई ब्यंग्य गरेका थिए ।
रक्सीको नसामा उनीहरुले हत्या आफूहरु संलग्न भएपनि अरुलाई समाएर दुःख दिइरहेको बताएको सुनेका स्थानीयले प्रहरीलाई खबर गरेपछि फन्दामा परेका डिएसपी शर्माले बताए ।
पक्राउ चारैजना विरुद्ध ज्यान मुद्धा चलाउने तयारी भइरहेको डिएसपी शर्माले बताए । सचिन शकास्पद अवस्थामा मृत भेटिएपछि घटना शंकास्पद भएको भन्दै नेपाल पत्रकार महासंघले घटनाको छानविन गरी दोषीलाई पक्राउ गर्न दबाब दिएको थियो ।
उदयपुरबाट इटहरी आएका सचिन सांग्रिला होटल र इटहरी गेष्ट हाउसमा बसेका थिए । उनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सचिनका भाञ्जा राजेन्द्रसहित १२ जनालाई पक्राउ गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।