Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/04/gaur-400x240.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गौर तनावग्रस्त, सशस्त्र बेस क्याम्पमा पेट्रोल बम प्रहार

चैत्र २३, काठमाडौँ । बिगत केही दिन देखि  मालपोत तथा नापीको सेवा केन्‍द्रको बिषयलाई लिएर गौरमा चर्किएको आन्दोलन झन् हिंसात्मक बन्दै गएको छ । आन्दोलनकारीले आज शसस्त्र प्रहरीको बेलबिछुवा बेस क्याम्पमा पेट्रोल बम प्रहार गरेका छन् । बम प्रहारपछि आगो लागेको भए पनि अहिले आगो नियन्त्रणमा आएको छ  । आन्दोलनकारीहरुले क्याम्प घेराउ गर्दै ढुङगामुढा गरेका थिए भने क्याम्प आसपासको संरचना तोडफोड गरेका छन्।

gaur-400x240

 

गौरका एक स्थानीयको घाँटी रेटेर हत्या भएको सूचना बाहिर आएपछि गौर आन्दोलनले झन् हिंसात्मक मोड लिएको हो । गएराति आन्दोलनकारीसंग भएको वार्ता सफल हुन नसकेपछि आन्दोलनकारीले फेरि प्रदर्शन सुरु गरेका हुन् । आन्दोलनकारीले सशस्त्र प्रहरीको सवारीको ठक्करबाट मृत्यु भएका रामआशिष ठाकुरलाई शहीद घोषणा नगरेसम्म अरु मागका बारेमा छलफल नगर्ने अडान लिएपछि वार्ता निष्कर्षहीन भएको हो ।

उता, सरकारले कार्यालय विस्तारको निर्णय फिर्ता लिएको भन्दै चन्द्रनिगाहपुरका बिद्यार्थी संगठनहरुले आन्दोलन सुरु गरेका छन् । उनीहरुले आज पनि पूर्वपश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरे । बिद्यार्थीले सरकारले निर्णय लागू नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिद्यार्थीको आन्दोलनमा उद्योगी, ब्यापारी, नागरिक समाजले साथ दिएका छन्

तपाइँको प्रतिक्रिया ।