कांस्य विजेता अस्मिता सम्मानित

काठमाडौ, २२ चैत । हङकङमा केहि दिनअघि सम्पन्न १९ औं एसियाली सिटी तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता स्युचाटार तेक्वान्दो डोजाङकी खेलाडी अस्मिता खड्कालाई नागर्जुन नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
सोही अवसरमा अस्मितालाई प्रशिक्षण दिदै आएका स्युचाटार डोजाङका प्रमुख नोर्बु लामा पनि नगदसहित सम्मानित भए । अस्मितालाई १० हजार ५ सय र नोर्बुलाई ७ हजार ५ सय नगदका साथै प्रशंसापत्र प्रदान गरियो ।
त्यसैगरी अमेरिका बस्दै आएका पूर्व तेक्वान्दो प्रशिक्षक मनमोहन वाइबा, पूर्व तेक्वान्दो खेलाडी सविना महर्जन तथा पूर्व तेक्वान्दो खेलाडी एवं लालीगुराँस बहुउद्देश्य सहकारी संस्थाका निर्देशक सुरेन्द्र भण्डारीलाई पनि सम्मान गरिएको थियो । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उनीहरुलाई सम्मान गरे ।

तपाइँको प्रतिक्रिया ।