Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/04/software_download_In_Nepal_sciencedialog.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सफ्टवेयर डाउनलोड गर्न उत्कृष्ट १० साइट…

यो जमाना ओपन सोर्स सफ्टवेयरको हो । विभिन्न सफ्टवेयर, कम्प्युटर गेम, डा्रइभर, गीतसंगीत सुन्न तथा भिडियो हेर्नका लागि मिडिया प्लेयर आदि किनिरहनु पर्दैन ।

software_download_In_Nepal_sciencedialog

सफ्टवेयरलाई उत्पादन र स्वामित्वका दृष्टिले व्यावसायिक र ‘फ्रि एण्ड ओपन सोर्स’ गरी दुई प्रकारमा बाँड्न सकिन्छ । इन्टरनेटको दुनियामा कम्प्युटर सफ्टवेयर निशुल्क डाउनलोडको सुविधा दिने धेरै साइटहरु छन् । यस्तो सुविधाका लागि विश्वमा नै नाम कहलिएका साइटहरु निम्न छन् ।

डाउनलोड डट कमः यो वेबसाइट ओपन सोर्स सफ्टवेयर डाउनलोडका लागि निकै नाम चलेको साइट हो । यसमा विन्डोज तथा म्याकका सफ्टवेयर, मोवाइल एप्लिकेसन सहित अन्य वेब एप्लिकेसन डाउनलोड गर्न सकिन्छ । विभिन्न एन्टिभाइरस, बा्रउजर, अडियो भिडियो प्लेयर, गा्रफिक डिजाइन प्रोग्राम पनि यसबाट डाउनलोड गर्न सकिन्छ ।

सफ्ट ३२ डट कमः यो साइटमा पनि कम्प्युटर गेम, भ्वाइस तथा भिडियो च्याट, आइफोन एप्लिकेसन, वेब डेभलप्मेन्ट र डिजाइनसँग सम्बन्धित शयौँ सफ्टवेयर निशुल्क डाउनलोड गर्न सकिन्छ ।

जेड डि नेटः यो साइटले डाउनलोड गर्न सजिलो होस् भनेर उपलब्ध सफ्टवेयरलाई विभिन्न २१ ओटा क्याटेगोरीमा बाँडेको छ । बा्रउजर, व्यवसायिक सफ्टवेयर, सञ्चारसँग सम्बन्धित सफ्टवेयर, डा्रइभर, भिडियो गेम, टा्रभलसँग सम्बन्धित कम्प्युटर पो्रगा्रम आदि यो साइटमा उपलब्ध छन् ।

सफ्टपेडिया डट कमः लिनक्स, विन्डोज तथा म्याकका विभिन्न सफ्टवेयर यो साइटबाट डाउनलोड गर्न पाइन्छ । त्यति मात्र होइन, यो साइटमा ठुलो संख्यामा मोबाइल एप्लिकेसन र भिडियो गेम पनि डाउनलोड गर्न सकिन्छ ।

फाइलक्लस्टर डट कमः ओपन सोर्स सफ्टवेयर डाउनलोड गर्नका लागि यो साइट पनि निकै प्रयोग गरिन्छ । यसबाट विन्डोज, म्याक लागायतका विभिन्न अपरेटिङ सिस्टमका सफ्टवेयर, मोवाइल एप्लिकेसन, एन्टिभाइरस, बा्रउजर, अडियो भिडियो प्लेयर, गा्रफिक डिजाइन प्रोग्राम डाउनलोड गर्न सकिन्छ । त्यस्तै क्यामेरा, मदरबोर्ड तथा किबोर्डका डा्रइभर पनि डाउनलोड गर्न सकिन्छ ।

फाइलहिप्पो डट कमः यो साइट ओपन सोर्स सफ्टवेयर डाउनलोडका लागि निकै प्रउोग गरिन्छ । बा्रउजर तथा प्लगिन्स, डेस्कटप एप्लिकेसन, फोटो, अफिस पा्रेगा्रम, एन्टिभाइरस, अडियो भिडियो पो्रगा्रम आदि यो साइटमा निशुल्क डाउनलोड गर्न सकिन्छ । यो साइटमा शय भन्दा बढी ओपन सोर्स सफ्ट्वेयर राखिएको छ ।

मोबाङ्गो डट कमः यो साइट मोबाइल एप्लिकेसन डाउनलोड गर्नका लागि चर्चित मानिन्छ । यसमा मोबाइलका लागि चाहिने सफ्ट्वेयर, गेम, भिडियो, रिङटोन तथा वालपेपर समेत डाउनलोड गर्न सकिन्छ ।

टुकाउज डट कमः तीब्र गतिमा एप्लिकेसन तथा सफ्ट्वेयर डाउनलोडका लागि यो वेबसाइटलाई निकै रुचाइन्छ । यो साइटमा पनि सयौँ नयाँ पुराना सफ्टवेयर संग्रहित छन् जुन आवस्गकता अनुसार निशुल्क डाउनलोड गर्न सकिन्छ । यसमा सफ्ट्वेयरका अतिरिक्त तिनलाई कसरी प्रयो गर्ने भन्ने ट्युटोरियल समेत डाउनलोड गर्न सकिन्छ ।

फ्रिवेर फाइल्स डट कमः यो वेबसाइट ओपन सोर्स सफ्टवेयर तथा एप्लिकेसन निशुल्क डाउनलोड गर्न सकिन्छ । बा्रउजर, विभिन्न सफ्टवेयरका प्लगिन्स, डेस्कटप एप्लिकेसन, अफिस पा्रेगा्रम, एन्टिभाइरस, अडियो तथा भिडियो एप्लिकेसन गरी शय भन्दा बढी ओपन सोर्स सफ्ट्वेयर राखिएको छ ।

ब्रदरसफ्ट डट कमः विन्डोज, लिनक्स, म्याक जस्ता अपेटिङ सिस्टमका विभिन्न सफ्टवेयर, बा्रउजर, अडियो भिडियो एप्लिकेसन, मोबाइल एप्लिकेसन, एन्टिभाइरस आदि यो वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । यि बाहेक अन्य शयौँ ओपन सोर्स सफ्टवेयर पनि यो साइटमा डाउनलोडका लागि उपलब्ध छन् । — (एजेन्सी)

तपाइँको प्रतिक्रिया ।