दिदीको बहिनीलाई पत्रः रातमा लुकीलुकी दाजुसँग अनैतिक सम्बन्ध नराख !

दिदीको बहिनीलाई पत्रः रातमा लुकीलुकी दाजुसँग अनैतिक सम्बन्ध नराख !

प्यारी बहिनी माया एवं सम्झना,

धेरै पछि तिम्रो याद आएर यो पत्र लेख्दैछु । पूर्वीय सभ्यता संस्कृति अनि नारी अस्मिताको बारेमा २, ४ शब्द लेख्न मन लाग्यो । मानव सभ्यताको सुरुदेखि नै महिला र पुरुष सृष्टि धान्नका लागि सृष्टि गरिए । त्यसैले यहाँ न त पुरुषको मात्र समाज छ न त महिलाको मात्र ?  आजको २१ औँ शताब्दीमा आइपुग्दा एउटा सृष्टि धान्ने साधन मात्र नभएर समाजको उन्नतिमा उत्तिकै आवश्यकता छ महिला र पुरुष । महिलाले आमा, श्रीमती, दिदी, बहिनी भाउजु विभिन्न रुपमा आफ्नो भूमिका निर्वाह गरेका छन् भने पुरुषले पनि बाबु, श्रीमान, दाइ, भाइ, आदि भएर आफ्नो भूमिका निर्वाह गरेका छन् ।

bijaya-panta1

यी हरेक नाता कति मीठा र आत्मिय छन् भनिरहन पर्दैन किनकि तिमी आफैनै यो भूमिका निर्वाह गरेकी छौ । आमा बनेर सन्तानलाई दिएको वात्सल्य, एउटा पाङग्रा बनेर श्रीमानलाई पुुयाएको सहयोग, बहिनी बनेर दाइबाट पाएको त्यो माया र स्नेह अनी दिदी बनेर भाइप्रति पुरा गरेको जिम्मेवारी साच्चै शब्दमा व्यक्त गर्न सकिँदैन । त्यसैले तिमी महानताकी खानी हौ । यही महानताले गर्दा नै प्राचीन कालदेखि नै नारीलाई देवी मानिएको छ ।

“यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता” अर्थात जाहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता पनि खुसी हुन्छन् । पूर्वीय सभ्यतालाई नियालेर हेरेउ भने पनि गार्गी, भारवी जस्ता महान नारीहरू थिए । ऋगवेदमा ऋचा सञ्चय गर्ने ब्रह्मवादिनीहरू पनि नारी नै थिए । यज्ञवल्क्यसँग विविध प्रश्न गर्ने पनि नारी नै थिए । उनीहरूका प्रश्नले यज्ञवल्क्यलाई हम्मेहम्मे पारेको थियो । विश्व सृजना गर्ने परब्रह्मा परमात्माले दुवैलाई समान अधिकार दिएर विश्व सृजनाका लागि पठाएका थिए ।

आजकल सुन्ने गरेकी छु तिमी दिनभरी दाजुबहिनीको नाता जोडेर रातमा अनैतिक सम्बन्ध राख्छयौ रे । यसले मेरो मुटु छियाछिया पारेको छ । तिमीले यस्तो सम्बन्ध राखेमा दाजु बहिनीको पवित्र नातामा कलंक लगाउने छौ । तिमी दाईलाई कसरी बुझ्छ्यौ ? कसरी दाईलाई आफ्नो अस्मिता लुटाउन सक्छेउ र कसरी लुटिन्छ्यौ ? दाजुबहिनीको सम्बन्धमा कलंक लगाउने तिम्रो अधिकार छैन ।

त्यसैले नारी घरका कुमारी र वासनाको सिकार मात्र होइनन् । हुन त नारीलाई अवला पनि भनिन्छ । अवलालाई नसक्ने, बल नभएको भन्ने अर्थ लगाइन्छ तर विनोभाले अवलाको अर्थ यसरी दिएकी छन् “अशेषण सम्पूर्ण रुपेण बलं विद्यते यस्यांसा अबला” अर्थात् सम्पूर्ण देवगणदेखि लिएर सबैलाई आफ्नो वशमा राख्न सक्ने बल जसमा छ उही अबला हो । यसले पनि बुझाउँछ महिलामा कस्तो शक्ति छ भनेर ? यसरी हाम्रो सभ्यताले पनि नारीलाई अग्रस्थानमा राखेको छ तर आज तिम्रो व्यवहार देख्दा नारी अस्मिता डगमगाउने त होइन भन्ने डर लाग्छ ।

आजकल सुन्ने गरेकी छु तिमी दिनभरी दाजुबहिनीको नाता जोडेर रातमा अनैतिक सम्बन्ध राख्छयौ रे । यसले मेरो मुटु छियाछिया पारेको छ । तिमीले यस्तो सम्बन्ध राखेमा दाजु बहिनीको पवित्र नातामा कलंक लगाउने छौ । तिमी दाईलाई कसरी बुझ्छ्यौ ? बाबुको ज्ञान, आमाको सीप अनि दाईको सुरक्षामा हामी हुर्केका छौँ । कसरी दाईलाई आफ्नो अस्मिता लुटाउन सक्छेउ र कसरी लुटिन्छ्यौ ? दाजुबहिनीको सम्बन्धमा कलंक लगाउने तिम्रो अधिकार छैन । तिमीले आफुलाई सुन्दरी बनाउन कताकता लाज छोप्न पनि छाडेकी छौ रे । मलाई आज पनि उत्तिकै सम्झना छ । तिमी जन्मने बित्तिकै आमाले कपडामा गुटुमुटु पार्नु भएको थियो ।

तिमी जति ठूली हुँदै गयौ उति तिम्रा प्रत्यक अङ्ग ढाकिदिनु भयो । जव तिमीमा जवानीका रङ्गहरू चढदै गए आमाले त तिमीलाई अर्धनग्न अवस्थामा हेर्न सक्नु भएन भने कसरी आज तिमी आफुलाई अर्धनग्न अवस्थामा समाजमा हिडाउँछ्यौ ? तिमीलाई थाहा छ बहिनी आज यति धेरै बालिकाको अस्मिता लुटिएको छ । भनौली मैले लुटाएको हो र ? तिमीहरूको अर्धनग्न अवस्था देखेका व्वाँसाहरूले तिमीहरू माथि आक्रमण गर्न नसकेर अबोध बालिकामा जाइ लागेर उनीहरूको अस्मिता लुटेका छन् ।

त्यसैले यस्तो हुनुमा २० प्रतिशत भागिदार तिमीहरू पनि हौ । भनौली पाश्चात्य सभ्यतामा महिला काहा पुगे हामी पुरा नै सोचमा छौँ भनेर तर हामी पुरुष प्रधान समाजमा बाचेका छौँ । आज पनि यो पुरुषहरूले आफूलाई भमरा बनाउने र महिलालाई  फूलसँग तुलना गरेर रस चुसेर फालिदिन्छ । सोचेकी हौली हामी पनि स्वतन्त्र हुन पाउनु पर्छ भनेर त्यो नसोच हामी हरेक पाइलामा साङलाले बाधिएका छौँ । साङ्ला फुकालेर हिड्ने हिम्मत गरेउ भने भासमा पुग्ने छौ । त्यसपछिको जीवन व्यर्थ बन्नेछ ।

तिमी आजकल मेरो बाध्यता भन्दै अस्मिता बेचेर बालबच्चा पाल्नको लागि जोहो गरेकी छेउ रे । हिजो नेपाली नारीहरू बम्बैका कोठीहरूमा बेचिए भन्ने सुन्थेँ तर आज तिमी आफ्नै घरमा बेचिएकी छौ । यसरी आपूmलाई बेचेर कमाएको पैसाले कति समय चलाउछयौ ? कति समय बेचिन सक्छ्यौ । यो त तिमी परिश्रमविना आम्दानी गर्ने बाटो मात्र गरेकी हौ । तिमीलाई थाहा छ यो सती सावित्री र आदर्श नारी सीताको देश भनेर चिनएको छ कतै भोलि बेस्याहरूको देश भनेर नचिनियोस् । यहि नै मेरो चाहना हो । अर्को पत्रमा भेटौंला ।

तिम्रो भलो चाहने उही दिदी !

साभार नेपालरिपोर्टस् विशेषबाट

तपाइँको प्रतिक्रिया ।