Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/03/bhattrai-_Nepal.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुनपा वडा नं. १२ र १४ मा भट्टराई र नेपाल

कपन अनलाइन\चैत्र ८, २०७१

बुढानीलकण्ठ नगरपालिकामा एमालेले आफ्नो संगठनको नेतृत्व चयन गरिरहेको छ । प्रभावकारी तथा युवा नेतृत्व चयन गर्ने क्रममा नगरपालिकाको सबैभन्दा धेरै जनसंख्या भएको दुईवटा वडामा नयाँ नेतृत्व चयन गरेको छ ।

bhattrai _Nepal

देशकै सबैभन्दा धेरै जनसंख्या भएको वडा नं. १२ को नेतृत्वमा साविक कपन गाविसका उपाध्यक्ष नवराज भट्टराईलाई चयन गरिएको छ । नवराज भट्टराई कपन अनलाइनका संचालक सदस्य पनि हुन् । त्यसैगरी ६ हजारभन्दा बढि मतदाता भएको बुढानीलकण्ठ नगरपालिका वडा नं. १४ मा पुरुषोत्तम नेपाल अध्यक्ष चयन भएका छन् । शिक्षण तथा पत्रकारितामा समेत संलग्न नेपाल यसअघि साविक कपन गाविसमा उपसचिव  थिए ।

तपाइँको प्रतिक्रिया ।