Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/03/don-and-gagan-624x624.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चर्चित युवा नेता गगन थापा संदिग्ध व्यक्तिसँग एउटै मंचमा

कपन अनलाइन\चैत्र ८, २०७१

 नेपाली राजनीतिका चर्चित युवा अनुहार तथा सभासद गगन कुमार थापा बिश्वभरीका नेताहरुमा छानिएर बेल्जियम जाने तयारी गरिरहँदा  शुक्रबार एक कार्यक्रममा डन भनिने संदिग्ध व्यक्तिसँग सार्वजनिक कार्यक्रममा सँगै बसेपछि विवादित भएका छन्  ।  गतहप्ता शुक्रबार काभ्रेको ज्याम्दी गाविसमा नेपाली कांग्रेसको कार्यक्रममा प्रहरीले डनको सूचिमा राखेर अनुसन्धान गरिरहेका व्यक्तिसँग एउटै मञ्चमा उनी देखिएका थिए । क्यासिनोमा पैसा लगाएर करोडौं कमाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले अनुसन्धान गरीरहेका अजयमान श्रेष्ठसँग उनी मंचमा थिए । अपुष्ट समाचारअनुसार  श्रेष्ठले नै उनलाई लिएर गएको स्रोत बताउछ ।

don-and-gagan-624x624

सम्पती शुद्धिकरण अनुसन्धान विभागले श्रेष्ठको सबै सम्पती रोक्का राखेको छ । कारबाहीबाट बच्न पछिल्लो समय उनी कांग्रेसको राजनीतिमा सक्रिय भएको बताइन्छ ।  नेपाली कांग्रेसका सदस्यसमेत रहेका गगन कुमार थापालाई बेलाबखत डनहरुलाई संरक्षण गरेको आरोप लाग्ने गरेको छ ।  श्रेष्ठसहित कुमार घैंटे, हाल प्रहरी हिरासतमा रहेका संजीव स्याल लगायतसँग नेता थापाको राम्रो सम्बन्ध रहेको आरोप लाग्ने गरेको छ  । गगन कुमार थापा बिश्वभरीका नेताहरुमा छानिएर बेल्जियम जाने तयारीमा छन् ।

तपाइँको प्रतिक्रिया ।