जोरधारामा ४० जना उपभोक्ताले करिब ९ लाख पानीको पैसा तिर्न बाँकी

जोरधारामा ४० जना उपभोक्ताले करिब ९ लाख पानीको पैसा तिर्न बाँकी

कपन अनलाइन\०७१ चैत्र ८ गते

जोरधारा खानेपानी संस्थामा कतिपय उपभोक्ताले लामो समयदेखि पैसा नतिरेको देखिएको छ । यसरी शुल्क नतिर्नेहरुको नाममा केही यस क्षेत्रमा चिनिएको नाम पनि छन् ।

Jordhara

जोरधारा खानेपानी संस्थाको नयाँकार्य समिति यसरी लामो समयदेखि पैसा नतिर्नेहरुलाई कालो सूचिमा राखेर पाइप लाइन काट्ने तयारीमा जुटेको छ । ०७१ सम्मको बाँकी बक्यौता विवरण प्रकाशित गर्दै जोरधाराले ती सबै उपभोक्तालाई तत्काल पैसा तिर्न पत्र काटेको छ । यदि उनीहरुले पैसा नतिरे पाइप लाइन काटेर आवश्यकीय कारबाही गर्ने संस्थाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।