Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/03/Rabindras-Poem-605x330.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

रवीन्द्र मिश्रको कविता संग्रह सार्वजनिक

काठमाडौं, २५ फागुन  : बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रको कविता संग्रह शनिबार सार्वजनिक भएको छ । प्रज्ञाभवन कमलादी परिसरमा आयोजित कार्यक्रममा उपन्यास पढने तर सामान्यतया कविता नपढ्ने सहभागी दुईजना महिला पाठकले सो कविता संग्रह सार्वजनिक गरेका थिए।

Rabindras-Poem-605x330

मञ्चमा रहेका मिश्रले सुरुमा आफ्ना केही कुरा राखे र केही कविता सुनाए । त्यसपछि कविता संग्रह विमोचनको बेला भयो ।  मिश्रले सोधे ‘यस कार्यक्रममा महिला सहभागीता ३३ प्रतिशत पनि देखिएन, तपाइँहरुमध्ये कवितामा रुची नै नहुने को को हुनुहुन्छ हात उठाउनुस् त !’

भीडबाट दुई जनाले हात उठाए । मिश्रले उनीहरुलाई मञ्चमा बोलाए । विमोचनका लागि र्‍यापरले बेरिएको पुस्तक बाहेक अरु खुला दुईवटा पुस्तक मागे । मञ्चमा पुगेका महिलाहरुको नाम सोधे र कितावमा लेखिदिए ‘तपाइँको जीवन कवितामय बनोस् ।’

कवितामा पाठकहरुको रुचि जगाउने उद्देश्यले त्यसो गरिएको आयोजकले बताए। सङ्ग्रहमा विभिन्न समयमा लेखिएका ५४ वटा लामा–छोटा कविता छन्, जसलाई लाहोर, लण्डन, काठमाडौं खण्डमा विभाजित गरिएको छ ।

मिश्रका कविताबारे पाका कवि मञ्जुलले भने, ‘भाषामा निहित सशक्तता, सरलता र त्यसमा अभिव्यक्त भाव र दर्शनले रवीन्द्र मिश्रका कवितालाई स्मरणयोग्य बनाइरहने छन् ।’ युवा कवि बुद्धिसागरले भने, ‘रवीन्द्र मिश्रका कविता सरल र सहज छन् तर तीनले गहिरो अर्थ बोक्छन् । उनी भूपी शेरचनको मिठास बोकेर कविताको बाटोमा सचेतापूर्वक हिँडेका छन् । मिश्रको व्यक्तित्व कविका रूपमा कायाकल्प हुनु सुखद घटना हो ।’

अर्का समीक्षक सनतकुमार वस्तीले पनि पत्रकार मिश्रको काव्यिक यात्रा यसैगरी अगाडि बढोस् भनि शुभकामना दिएका थिए। ‘मिश्रका कविता प्रेम, पीडा, देशभक्ति, अध्यात्म र दर्शनजस्ता विविध विषयमा छरिएका छन् ।’ उनी भन्छन्, ‘लहोर, लण्डन र काठमाडौं तीनै ठाउँमा बस्दा बेलाबखगत कविता लेख्ने र कहिलेकाहीँ छपाउने गरेको भए पनि संङ्ग्रह नै प्रकाशित गर्नमा भने कतिपय कविहरुले दिएको प्रेरणा र प्रोत्साहनको ठूलो भूमिका छ ।’

कवि मिश्रले फागुन महिनाको पारिलो घाम तापिरहेका सैयौं श्रोताहरुलाई झण्डै एक दर्जन कविता वाचन गरेर सुनाएका थिए भने कार्यक्रमको सन्चालन कवि तथा पत्रकार नवराज लम्सालले गरेका थिए। सो पुस्तकको बिक्रीबाट लेखकले पाउने सम्पूर्ण लेखकस्व चितवनको कान्दा क्षेत्रका विपन्न चेपाङ समुदायको हितमा खर्च गरिने बताइएको छ ।

यसभन्दा अघि प्रकाशित उनका दुई कृति ‘भूमध्यरेखा’ ‘अर्थहीनताभित्र अर्थ खोज्दा’ र ‘खान पुगोस्, दिन पुगोस्’ बाट प्राप्त लेखकस्व पनि उनले सोही समुदायको हितका लागि लागि प्रदान गर्दै आएका छन् ।

कविता सङ्ग्रह फाइनप्रिन्टले प्रकाशन गरेको हो । पाँच हजार प्रति छापिएको उक्त पुस्तकको मूल्य १९८ रुपैयाँ राखिएको छ ।

तपाइँको प्रतिक्रिया ।