साबधान ! ब्रोडव्याण्ड इन्टरनेट लोडसेडिङमा चल्दैन !!

कपन अनलाइन\२०७१ फाल्गुण १३
फास्ट इन्टरनेटको नाममा सहरभित्र फिँजाइएका कतिपय तारवाला ब्रोडव्याण्ड इन्टरनेट यतिखेर सबैले चासोको साथ लिएका छन् । काठमाडौं लगायत धेरै सहरी इलाकामा कसैको ५ एमबि कसैको १० एमबि त कसैको ५० एमबि स्पिडमा इन्टरनेट चल्ने भन्ने विज्ञापन यतिखेर सबैभन्दा बढि आकर्षणको केन्द्र बनेको छ । यसरी ब्रोडव्याण्ड इन्टरनेट बेच्नेवालाहरुले स्पिड इन्टरनेटको साथमा एउटै तारबाट इन्टरनेट र टिभि पनि बाँडिरहेका छन् । नेपाल टेलिकमको इन्टरनेटको स्पिडबाट आजित भएका उपभोक्ताहरु निजी क्षेत्रको ब्रोडव्याण्ड इन्टरनेटमा आकर्षित भएता पनि ब्रोडव्याण्ड इन्टरनेटभित्रको समयस्या पनि विकरालरुपमा देखिन थालेका छ ।
राजधानीमा ब्रोडव्याण्ड इन्टरनेट बेच्ने सुविसु नेटको इन्टरनेट लोडसेडिङमा नचलेपछि उपभोक्ताहरु आजित भएका छन् । टिभी र इन्टरनेट दुवै चल्ने भनेर सेवा विस्तार गरिरहेको सुविसु नेटको सेवा लोडसेडिङमा रोकिन थालेपछि उपभोक्ता ठगिएको महशुस गर्न थालेका छन् । बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ का सुधिरकुमार थापाले कपन अनलाइनलाई फोन गरेर आफू सुविसु नेटबाट ठगिएको बताएका छन् । केही दिन अघि अत्यन्त ठूलो स्पिडमा इन्टरनेट चल्ने भनेर सुविसु नेट घरमा जोडेका थापाको घरमा बत्ति नहुँदा पटक पटक इन्टरनेट नचलेपछि उनले सुविसुलाई कम्प्लेन गरे तर सुविसुले केहिले के कहिले के भनेर टारिरह्यो ।

 

पेशाले अडिटर थापा आफ्नो कामकाजको लागि अनिवार्य इन्टरनेट चाहिएकाले हाइस्पिड भनिएको सुविसु नेट जोडेका थिए । यसरी सुविसुले आफ्नो कम्प्लेनलाई सुनुवाई नगरेपछि थापाले बिद्युत प्राधिकरणमा बत्तिका कारणले आफूले इन्टरनेट सुबिधा नपाएको दुखेसो गरे । प्राधिकरणको फोन गएपछि सुविसुले थापालाई तत्काल पैसा फिर्ता गरेर लाइन काट्यो । बुढानीलकण्ठ क्षेत्रमा ठूलो मार्केटिङ गरिरहेको सुविसुको कमजोर सेवा आफूले भोगे पछि थापाले यो कुरा सार्वजनिक हुनुपर्छ र अरु उपभोक्ता ठगिनु हुन्न भनेर कपन अनलाइनलाई फोन गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।