बाफ रे ! तीन श्रीमती गर्लफ्रेण्ड मात्रै २० वटी

काठमाडौ, १२ फागुन ।  बिहे र प्रेमको नाटक गरेर वर्षौदेखि ठगी धन्दा चलाउँदै आएका युवक पक्राउ परेका छन् । व्यक्तिपिच्छे फरक–फरक परिचय दिई ठगी गर्दै आएका झापा धरमपुर–२ का वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा उनका तीन श्रीमती र २० भन्दा बढी गर्लफ्रेन्ड भएको खुलेको प्रहरीले जनाएको छ । तीमध्ये १३ जनाले प्रेमको नाटक गरी बलात्कार र ठगी गरेको भन्दै तामाङविरुद्द प्रहरीमा उजुरी दिएका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का अनुसार उनीविरुद्द ७२ लाख रुपैयाँ ठगीको उजुरी परेको छ । दुई जनाले जवरजस्ती करणीको जाहेरीसमेत दिएका छन् ।
आफूलाई धनाढ्य व्यक्तिको रुपमा प्रस्तुत गरेर उनी युवतीहरुसँग नजिकिने गर्दथे । भाडाका कार चढ्ने तामाङले विभिन्न बहानामा गर्लफ्रेन्डहरुको पैसा थुत्ने र लाखौं हात पारेपछि छाडिदिने गर्दथे ।

नयाँपत्रिकाबाट

तपाइँको प्रतिक्रिया ।