लायन्स क्लब काठमाडौँ समर्पण द्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोग

लायन्स क्लब काठमाडौँ समर्पण द्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोग

कपन अनलाइन 

काठमाडौं श्रावण १७  । काठमाडौँको बानेश्वरमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न र लमजुङको अमरज्योती प्राथमिक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणले आज बानेश्वरमा आयोजना गरेको कार्यक्रममा केन्द्रमा बस्दै आएका बालबालिकाको लागि दाल, चामल, तेल, चाउचाउ, विस्कुट, थर्मसलगायतका सामाग्री सहयोग गरेको हो । यस्तै, लमजुङको राईनास नगरपालिका–८ स्थित पिपलटारीमा रहेको अमरज्योती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग गरेको हो ।

कार्यक्रममा क्लबका अध्यक्ष लबेन्द्रसिंह मल्लले अभिभावक विहिन भएका बालबालिकाको उज्वल भविश्यका लागि बालआश्रमले खेलेको भूमिका सराहनीय रहेको बताएका थिए  । क्लबका उपाध्यक्ष अखिल अग्रवालले लायन्स क्बलले सबै संस्थामार्फत सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरेका थिए  । लायन्स क्बल डिस्ट्रिक को चिफ एडभाइजर भीम पौडेलले सेवाको भावना बोकेर स्थापना भएको लायन्स क्बलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ईञ्जिीनीयर पङ्कज जलानले युवाहरुलाई अगाडि बढाएमात्र देशको विकास हुने भएकाले युवालाई उचित शिक्षा प्रदान गर्न बालआश्रमलाई आग्रह गरेका थिए  । विस २०६४ सालमा स्थापना भएको बालआश्रमले सुरुमा आमाबाबु नभएका १३ बालबालिकालाई सेवा प्रदान गरेको थियो । अहिले ५५ बालबालिकालाई बालआश्रममा राखेर सेवा प्रदान गर्दै आएको नयाँ नेपाल समाज केन्द्रका अध्यक्ष कृष्णराज गुरुङले जानकारी दिका छन  ।

काठमाडौँ महानगरपालिका–३१ मा सञ्चालनमा रहेको उक्त बालआश्रममा सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङलगायतका बालबालिका बस्दै आएका छन् । कार्यक्रममा अमरज्योती प्रावि लमजुङका प्रधानाध्यापक हरीमाया घिमिरेले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री सहयोग गरेर ठूलो गुन लगाएको भन्दै लायन्स क्लब अफ काठमाडौँ समर्पणलाई धन्यवाद दिएका छन ।एक दशक पहिले काठमाडौँको सानेपामा स्थापना भएको उक्त लायन्स क्लबले गत वर्ष कोरोना सुरुवाती चरणमा २०० सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरि समाजसेवा गर्दै आएको थियो । क्लबले कोरोनाको दोस्रो चरणमा ललितपुरको जावलाखेलमा ‘जे एण्ड जे कोभिड क्लिनीक’ स्थापना गरि गरिब तथा विपन्न व्यक्तिलाई निःशुल्क कोरोना परिक्षण मिलाएको क्लबका प्रवक्ता एवम् सदस्य विवेक शर्माले जानकारी दिएका छन  । क्लबले आगामी दिनमा पनि समाजसेवालाई निरन्तरता दिने प्रवक्ता शर्माको भनाई रहेको  छ ।

तपाइँको प्रतिक्रिया ।