Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/02/samsung-galaxy-ace-3.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

पशुपति आएका साधु बाबालाई मोबाइल उपहार

७ फागुन, काठमाडौ ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्त र नागाबाबाहरुलाई आज बिदाई गरिएको छ ।

डोलेश्वरमा आएका साधुसन्तलाई तिन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सह–कोषाध्यक्ष विश्वराम थापाले बताए ।

क वर्गका साधुसन्तलाई नगद १ हजार ५ सय दक्षिणा, कम्बल, धोती र ओढ्ने उपहार प्रदान गरिएको छ भने ख वर्गलाई नगद ७ सय ५ रुपैयाँ, कम्बल, धोती र ओढ्ने र ग वर्गलाई नगद ५ सय, कम्बल, धोती र ओढ्ने प्रदान गरिएको छ ।

samsung-galaxy-ace-3

हिन्दु धर्मावलम्बीहरुको प्रमुख चार धाममध्येको एक मानिने डोलेश्वरमा गत वर्षको भन्दा दोव्बर साधुसन्तहरुको आगमन भएको थियो । डोलेश्वरमा यस वर्ष ३ सय ६५ साधुसन्तहरुको आगमन भएको थियो ।

डोलेश्वरमा शिवरात्री पर्वका लागि गत फागुन १ गते सम्म आई पुगेका २ सय ५० साधुसन्तलाई एक एक थान मोवाईल समेत उपहार प्रदान गरिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।