नगरपालिकाको अनुगमन समितिमा काँग्रेसबाट रामकृष्ण के.सी एमालेबाट राजु अधिकारी ।

नगरपालिकाको अनुगमन समितिमा काँग्रेसबाट रामकृष्ण के.सी एमालेबाट राजु अधिकारी ।

flags_20140825083248

कपन अनलाइन\०७१ फाल्गुण ६

जनसंख्याका आधारमा देशकै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा परिचित हुँदै गरेको बुढानीलकण्ठ नगरपालिकाले आफ्नो काम सुरु गरे संगै विभिन्न समितिहरुको गठन गर्ने प्रक्रिया पनि अघि बढेको छ । यसै क्रममा बिभिन्न राजनीतिक दलहरु सम्मिलित सर्वदलीय समिति, एकिकृत योजना समितिको गठन भइसकेको छ भने नगरपालिकाको महत्वपूर्ण समिति मानिने अनुगमन समितिमा राजनैतिक दलहरुले प्रतिनिधी चयन गरेका छन । बुढानीलकण्ठ नगरपालिकाको अनुगमन समितिमा नेपाली काँग्रेसले रामकृष्ण के.सीलाई चयन गरेको छ । तत्कालिन कपन गाविसमा राजनीति संगै निर्माण व्यवसायी र खेलकुद क्षेत्रमा पनि कृयाशिल के.सी नेपाली कांग्रेस पार्टीभित्र बुढानीलकण्ठ नगरपालिकाको वरिष्ठ व्यक्ति हुन् ।

विकास निर्माण तथा नगरपालीकाको योजना कार्वान्यनका सम्बन्धमा निगरानी राख्ने भएकाले अनुगमन समिति सर्वदलिय संयन्त्र झैँ शक्तिशाली हुने गरेकाले स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु यस समितिमा पर्नका लागि क्रियाशिल रहने गरेको पाइन्छ । नेपाली काँग्रेसका तर्फबाट ने.का क्षेत्रीय सभापति एवम् बुढानीलकण्ठ नगरपालीकाका संयोजक न्हुच्छे नारायण श्रेष्ठको प्रत्यक्ष पहलमा रामकृष्ण के.सीले अनुगमन सदस्यको जिम्मेवारी पाएको बताइन्छ । नगरपालिकाबाट छनौट भएका योजनाहरुको बारेमा काम गर्नुपर्ने, विनियोजित बजेटमा हुने अनियमितताका बारेमा समेत अत्यन्त चनाखो भएर कार्यगर्नुपर्ने यस अनुगमन समिति राजनैतिक तथा समाजिक रुपमा स्थापित हुन खोज्ने व्यक्तिहरुका लागि महत्वपूर्ण समिति हो ।

बुढानीलकण्ठ नगरपालीकाको अनुगमन समितिमा नेकपा एमालेले राजु अधिकारीलाई सदस्य बनाएको छ । राजु अधिकारी नेकपा एमालेको तर्फबाट साविक कपन गाविसमासमेत अनुगमन समितिका सदस्य थिए । एमालेबाट जिल्ला सदस्यसमेत भैसकेका अधिकारी राजनीतिकभन्दा पनि विकासप्रेमी मानिसको रुपमा चिनिन्छन् । अनुगमन समितिको सदस्यमा एमाओवादीले भने आफ्नो तर्फबाट पठाउने सदस्य भनेको चयन भने आगमी १६ गते गर्ने जानकारी प्राप्त भएको छ ।

तपाइँको प्रतिक्रिया ।