सामसुंग मोबाइल महोत्सव २०१५

सामसुंग मोबाइल महोत्सव २०१५

काठमाडौं, ५ फागुन । काठमाडौ पाको, न्यूरोडमा रहेको ताम्राकार कम्प्लेक्समा आयोजना भईरहेको सामसुंग मोबाइल महोत्सव २०१५ पावर्ड वाई हुवावेको पाँचौं दिनसम्म आईपुग्दा महोत्सवमा ग्राहकहरुको अधिक भिडभाड देखिएको छ । महोत्सवमा आज ताम्राकार कम्प्लेक्सभित्र निकै चहल पहल देखिएको छ ।
5th-day-1
पाँचौं दिनसम्म महोत्सव अवलोकन गर्न आउने ग्राहकहरुको अधिक चहलपहलका कारण महोत्सव उत्साहजनक देखिएको कम्प्लेक्समा रहेका मोबाईल व्यवसायीहरुले जानकारी दिए । महोत्सवमा विभिन्न मोबाइल तथा एसेसरिजमा दिईएको छुटका कारण ग्राहकहरु आकर्षित भएको जेएस मोबाइलका संचालक जगत साउदले जानकारी दिए । उनले आज ग्राहकहरुको अधिक भिडका कारण ग्राहकहरुले लाइनमा बसेर मोबाइल खरिद गरेको बताए । आज मोबाइल खरिद गर्न आउने ग्राहकहरुको संख्या आश्चार्यजनक रहेको छ, उनले भने, मैले आजमात्रै २ सय भन्दा बढि मोबाइल सेटहरु बिक्री गर्न सफल भएँ ।
महोत्सवमा अधिकांश ग्राहकहरुले स्मार्टफोन खरिद गर्ने गरेका छन् भने महोत्सवको अवधि पारेर मोबाइल एक्सचेन्जगर्ने ग्राहकहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । विशेषगरि फीचर फोनबाट स्मार्टफोनमा अपग्रेड हुने ग्राहकहरुको संख्या उच्च रहेको मोबाइल महोत्सवका संयोजक कृष्ण प्रसाद कर्माचार्यले जानकारी दिए ।
अहिलेसम्मकै सबैभन्दा ठूलो मोबाइल महोत्सवको रुपमा आयोजना गरिएको महोत्सवको पाँचौं दिनसम्म आईपुग्दा उच्च संख्यामा सामसुंग मोबाइलको बिक्री रहेको तथा सामसुंगलाई हुवावे ब्राण्डले पछ्याईरहेको वेष्ट टेक मोबाईल शपका गोपाल निरौलाले जानकारी दिए ।
यहि फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रमसहित सामसुंग मोबाइल महोत्सव २०१५ आयोजना भईरहेको छ । महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा अन्य सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म क्यासब्याक अफरमार्फत छुट दिईएकोछ । हरेक दिन गरिने लक्की ड्रमा ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने तथा हरेक दिनका ग्राहकहरुको विवरणराखि बम्पर उपहार दिइने महोत्सवका संयोजक कृष्ण प्रसाद कर्माचार्यले जानकारी दिए । ताम्राकार कम्प्लेक्सद्धारा बम्पर उपहार अन्तरगत अन्तिम दिन ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने छ ।
मोबाइल महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा प्रवेश गर्ने हरेक ग्राहकहरुलाई लक्की ड्रमार्फत उपहार दिईरहेको छ । कम्प्लेक्समा प्रवेश गर्ने हरेक व्यक्तिले निशुल्क कुपन प्राप्त गर्नेछ भने सोहि आधारमा हरेक दिन ग्राहकहरुलाई विभिन्न उपहार दिइने छ । ताम्राकार कम्प्लेक्समा आयोजना हुने महोत्सव अवधिभर हरेक आगन्तुकले प्राप्त गर्ने निःशुल्क कुपनको आधारमा प्रत्येक दिन ३ वटा स्मार्टफोन उपहार प्राप्त गर्ने छन् ।
त्यसैगरी महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा ओटेल कम्पनीको सहयोगमा निशुल्क वाईफाई सुविधा उपयोग गर्न पाउनेछन् भने महोत्सव अवधिभर ताम्राकार कम्प्लेक्समा मोबाइल खरिद गर्न आउने ग्राहकहरुको लागि निशुल्क पार्किङ सेवा उपलब्ध गराइएको छ ।
महोत्सवअवधिभर स्थानिय क्लब पाको यूथ क्लब परिवार, स्थानिय संघ संस्थाहरुले आवश्यक व्यवस्थापकिय पक्षहरुमा सहयोग तथा सहकार्य गरिरहेका छन् ।
ताम्राकार कम्प्लेक्समा विश्वका विभिन्न उत्कृष्ट ब्राण्डका मोबाइल सेटहरु, ट्याबलेट, ल्यापटप, एसेसरिज खरिद गर्ने सुविधा छ भने विभिन्न मोबाइल कम्पनीका सर्भिस सेन्टर पनि रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।