Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/02/11006123_10205263940872076_1898993300_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

‘जनतासँग सभासद’ कार्यक्रममा गगन कुमार थापासँग अन्तर्क्रिया

11006123_10205263940872076_1898993300_n

कपन अनलाइन\२०७१ फाल्गुण ३
काठमाडौं क्षेत्र नं. ४ का सभासद गगनकुमार थापा जनतासँग सभासद कार्यक्रम लिएर क्षेत्र भ्रमण गर्न शुरु गरेका छन् । जनतालाई चुनाव गरिएका प्रतिबद्धताहरु बारेमा जनतालाई उत्तर दिँदै जनताको समस्याहरु बारे बुझ्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो । यसैक्रममा हिजो फाल्गुण २ गते काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिलमा एक सार्वजनिक कार्यक्रम आयोजना गरियो । जनतासँग सभासद नामको कार्यक्रमलाई अन्र्तक्रियात्मक बनाइएको थियो । चावहिलस्थित चावहिलमित्र मावि परिसरमा आयोजित कार्यक्रममा जनताले राखेको प्रश्नलाई सभासद थापाले उत्तर दिएका थिए । आफ्नो प्रतिउत्तरमा उनले एकवर्षभरीमा क्षेत्र नं. ४ को विकासमा आफुले दिएको योगदान तथा संबिधानसभामा खेलेको भूमिकाका बारेमा स्पष्ट पारेका थिए ।
जनतासँग सभासद नाम दिइए पनि कार्यक्रमको आयोजक नेपाली समर्थित बुद्धिजिवी तथा पेशकर्मी सल्लाहाकार समिति र सहआयोजक नेपाली कांग्रेसको इकाई समिति बनाइएको थियो । कार्यक्रममा अधिकांश नेपाली कांग्रेसका मानिसहरु उपस्थित थिए । वडा नं. ७ भन्दा बाहिरका नेपाली कांग्रेसका कार्यकर्तालाई कार्यक्रममा बोलाएर उपस्थिति गराइएको थियो । यतिमात्रै नभई कार्यक्रममा नेपाली कांग्रेसका झण्डासमेत राखिएको थियो ।

फोटोः राजुबिक्रम थापा

तपाइँको प्रतिक्रिया ।