भ्यालेन्टाइन डेमा ३५ लाख कण्डोम वितरण !

भ्यालेन्टाइन डेमा ३५ लाख कण्डोम वितरण !

बैंकक, ३ फागुन । अधिकांश थाई युवायुवतीका लागि भ्यालेन्टाइन डे सेक्सको पहिलो अनुभव प्राप्त गर्ने मौका हुने गर्दछ । तर, यसपटक भने उनीहरुलाई मन्दिर जान अपिल गरियो ।
साथै थाइल्याण्डको राजधानी बैंककमा स्वास्थ्यकर्मीहरुले अस्पताल र क्लिनिकमा निःशुल्क कण्डोम पनि वितरण गरे । भ्यालेन्टाइन डेसहित यो वर्ष ३५ लाख कण्डोम बाँडिनेछ । जसको कुल मूल्य डेढ लाख डलर हुने बताइएको छ।
पश्चिमा मुलुकबाट आएको भ्यालेन्टाइन डे थाइल्याण्डमा पनि लोकप्रिय भइरहेको छ। थाई छात्रछात्रा आफ्नो सर्टमा मुटु आकारको स्टिकर टाँसेर यो दिन मनाउने गर्दछन् ।
condom
थाइल्याण्डमा एन एज प्रेग्नेन्सी दर अन्य देशको तुलनामा सबैभन्दा बढी छ। स्वास्थ्य मन्त्रालयका अनुसार हरेक वर्ष १ हजार किशोरीमध्ये ५४ किशोरी १५ वर्षदेखि १९ वर्षकै उमेरमा आमा बन्ने गर्दछन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार शहरको प्रशासनिक अधिकारी पिरापोंग साइशुआले भने–यदि बच्चाहरु साँच्चै एकअर्कासँग माया गर्दछन् भने तब उत्तम हुनेछ कि उनीहरुलाई पन्छीलाई झै स्वतन्त्र करौ ।

थाइल्याण्ड यौन पर्यटनका लागि कुख्यात छ । यसका बावजुद थाइल्याण्ड एउटा परम्परावादी मुलुक पनि हो ।
सन् २०१४ मा बैंकक सहरमा १ हजार ८ सय २४ एचआइभी संक्रमितमध्ये आधाभन्दा बढी अर्थात ५५.४ प्रतिशत २५ भन्दा कम उमेरका थिए ।girls_selfie
त्यसैले अहिले थाई संस्कृति मन्त्रालय एउटा नयाँ स्लोगन प्रचार गरिरहेको छ । त्यो हो–जस्ट अ मिल फर भ्यालेन्टाइन डे अर्थात भ्यालेन्टाइन डेका दिन मात्र भोजन । साथै किशोर किशोरीमा अपिल गरिँदैछ कि सिधै भोजन गरेर आआफ्नो घर जाऊ । जुन जोडी यस दिन विवाह गर्न चाहन्छन् उनीहरुलाई भने यो बाध्यताबाट मुक्त राखिएको छ। एजेन्सी

तपाइँको प्रतिक्रिया ।