डेनमार्कमा आतंकवादी आक्रमण, आक्रमणकारी फरार

डेनमार्कमा आतंकवादी आक्रमण, आक्रमणकारी फरार

डेनमार्क, ३ फागुन । डेनमार्कको राजधानी कोपनहेगनमा आतंकवादी आक्रमण भएको छ । राजधानी कोपनहेगनस्थित एउटा यहुदी पुजास्थलमा आक्रमण भएको हो ।
घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य धेरै घाइते भएका छन् । घटनालगत्तै आक्रमणकारी भागेको आशंका गरिएको छ।
denmark
यसअघि गएराति एउटा क्याफेमा पनि आक्रमण भएको थियो । यो घटना अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी सेमिनार चलिरहेका बेला भएको हो ।
कार्यक्रममा स्वीडिश कार्टुनिस्ट लार्स विल्क्स पनि सहभागी थिए । विल्क्सलाई पूर्व पैगम्बर मोहम्मदको कानुन बनाउने काटुनिस्टका रुपमा चिनिन्छ । उनलाई ज्यान मार्ने धम्की यसअघिबाटै आउने गरेको थियो ।
सेमिनारमा भएको गोली प्रहारमा एक जनाको मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका थिए । दुवै घण्टा एकअर्कासँग सम्बन्धित रहे नरहेको विषयमा स्पष्ट भइसकेको छैन ।
डेनमार्कका प्रधानमन्त्री हेल थोर्निङ–स्मिटले आक्रमण राजनीतिबाट प्रेरित र ‘आतंकवादी कारबाही’ भएको बताएका छन् । प्रहरीले आक्रमणकारीको खोजीमा अभियान चलाएको छ प्रहरीले संदिग्ध आक्रमणकारीको तस्वीरसमेत सार्वजनिक गरेको छ। तस्वीमार आक्रमणकारीलाई बैगनी रंगको टोपी र ज्याकेट लगाएको देखाइएको छ। एजेन्सी

तपाइँको प्रतिक्रिया ।