कसारले फाल्गुण २ गते प्रेम कवितावाचन कार्यक्रम गर्ने

कसारले फाल्गुण २ गते प्रेम कवितावाचन कार्यक्रम गर्ने

1-10965379_10206085255349912_1273573316_n

 

कपन अनलाइन\माघ २९, २०७१
हरेक महिना नियमितरुपमा साहित्यिक गतिबिधि गरिरहेको कसारले फाल्गुण महिनामा प्रेम कवितावाचन कार्यक्रम गर्ने भएको छ । हरेक महिनाका पहिलो शनिवार साहित्य कला र रंगमञ्चअन्तर्गतका कार्यक्रमलाई नियमितता दिने क्रममा यसपाला पहिलो शनिवार संयोगले अन्तर्राष्टिय प्रेम दिवस परेकोले प्रेम कवितावाचन कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रमका संयोजक विसुकुमार केसीले बताए ।
फाल्गुण २ गते शनिवार बिहान ८ः०० बजे बुढानीलकण्ठ १३ को कपन हाइटमा रहेको किमाथांका रिसोर्टमा हुने कार्यक्रममा सबै साहित्यानुरागीलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दै कवि तथा लेखकलाई कवितासहित उपस्थित भई कवितावाचनको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।  कसार कार्यक्रम कपन अनलाइन, आधारशिला कपन तथा कन संगीत सरोवरले संयूक्तरुपमा आयोजना गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।