Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/02/dipak-manage.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

डन दीपक मनाङेका बावुछोरा नै लागे फिल्म क्षेत्रमा

काठमाडौ, २९ माघ । डनका रुपमा परिचित दीपक मनाङ (राजिव गुरुङ) फिल्म निर्माताका रुपमा समेत प्रस्तुत भएका छन् । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईसँग मिलेर उनले निर्माण गरेको फिल्म वान वेको बुधबार राजधानीमा प्रिमियर गरियो ।
dipak-manage
शुक्रबार अर्थात् १ फागुनबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको वान वे हेर्न नवनिर्माण मनाङे सिटिसी महल,सुन्धारा पुगेका थिए । सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्ममा दीपकका छोरा सिद्दार्थ गुरुङ हिरोका रुपमा डेब्यु गरेका छन् ।

छोरो हिरो भएको फिल्म हेर्न पुगेका मनाङेले फिल्मको तारिफ गरे । उनले सिद्धार्थको काम पनि मन परेको बताए । सोभन्दा पहिले गरिएको औपचारिक कार्यक्रममा उनले केही पनि बोलेनन् । सिद्दार्थले फिल्म आफ्नो लागि नौलो अनुभव भएको बताए भने अभिनेत्री माला सुब्बाले निकै सहज रुपमा काम गरेको अनुभव सुनाइन् । त्यसैगरी अभिनेता विल्सनविक्रम राईले सुटिङका क्रममा हिरो,हिरोइन ,भिलेन सबैले अंग्रेजी बोलेकाले आफ्नो अंग्रेजी सुध्रिएको ठट्यौंली गरे ।

तपाइँको प्रतिक्रिया ।