विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब बढ्यो

विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब बढ्यो
Binod_Chaudhary_751a33cba3
कपन अनलाइन\०७१, माघ २७
नेपाली उद्योगपति धनाड्य विनोद चौधरी संसारका अरबपतिहरूको सूचिमा यो वर्ष पनि सुरक्षित भएका छन् ।  फोर्ब्स नामको अमेरिकी पत्रिकाले आज मंगलबार सार्वजनिक गरेको सूचिमा सूचिकृत चौधरीको यो वर्ष २० अर्व सम्पति बढेको छ । फोर्ब्सका अनुसार विनोद चौधरीको सम्पत्ति १ अर्ब ३० करोड अमेरिकी डलर (१ खर्ब ३० अर्ब रुपैयाँ) बराबर छ। फोर्ब्सले ५९ वर्षीय चौधरीको आम्दानीको स्रोतलाई विविध रहेको बताएकोछ।

विनोद चौधरी फोर्ब्सको सूचीमा उनी १ हजार ३ सय ६ औं स्थानमा परेका छन्। गत वर्ष उनी १ खर्ब १० अर्ब रुपैयाँ सहित १ हजार ४ सय ६५औं स्थानमा थिए। यसपालि उनी गत वर्षको दाँजोमा १ सय ५९ स्थान तल झरेका भए पनि उनको सम्पत्ति भने २० अर्ब रुपैयाँ बढेको छ। ‘फोर्ब्सको अर्बपतिहरूको सूचीमा तीन वर्षअघि प्रवेश गरेका विनोद चौधरी नेपालकै पहिलो अर्बपति हुन् जसले अधिकांश सम्पत्ति विदेशबाट जोडेका हुन्,’ फोर्ब्सले आफ्नो अनलाइन संस्करणमा लेखेको छ, ‘उनको सिनोभेसन/चौधरी ग्रुप (सिजी) ले प्रख्यात वाइवाई ब्रान्डको चाउचाउ, नेपालको नबिल बैंक तथा एसियाका विभिन्न देशमा होटलका साथै हालै अफ्रिकामा पनि होटल सुरुवात गरेका छन्।’

(तस्वीर श्रोतः विनोद चौधरी डटकम)

तपाइँको प्रतिक्रिया ।