लारक्याल लामाः कहिले एमालेको मन्त्री कहिले एमाओवादीका सभासद

लारक्याल लामाः कहिले एमालेको मन्त्री कहिले एमाओवादीका सभासद

काठमाडौ, २५ माघ ।  एकीकृत नेकपा माओवादीले विवादास्पद छविका ल्यारक्याल लामालाई सभासद बनाएको छ ।
सर्वोच्च अदालतले शम्भु पासवान हजरीको संविधानसभा सदस्य खारेज गरेपछि रिक्त स्थानमा एमाओवादीले लामालाई सिफारिस गरेको थियो । एमाओवादीको सिफारिस अनुसार लामालाई सभासद मनोनित गरिएको निर्वाचन आयोगले जनाएको छ ।
दलित आयोगको सदस्य कायमै राखेर समानुपातिक सूचीमा उनको नाम राखिएको थियो । त्यसविरुद्ध परेको मुद्धामा सर्वोच्चले दुसादको सभासद खारेज गरेको छ ।

Lharkyal-Lama
लामा निर्वाचनको केही दिनअघि मात्र प्रचण्डको हातबाट टिका लगाएर एमाओवादीमा प्रवेश गरेका थिए

तपाइँको प्रतिक्रिया ।