काठमाडौमा सगरमाथा ओर्लियो (फोटोफिचरसहित)

काठमाडौमा  सगरमाथा ओर्लियो  (फोटोफिचरसहित)

काठमाडौ, २५ माघ ।  अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगमको नयाँ जहाज आज काठमाडौं आइपुगेको छ ।
करिब २५ वर्षपछि ल्याइएको जहाज अपरान्ह साढे ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । जहाज अवतरणपछि विमानस्थलमा फूलमाला तथा बाजागाजासहित स्वागत गरिएको छ । जहाज लिन नागरिक उड्यन तथा पर्यटनमन्त्री दीपकचन्द्र अमात्यको नेतृत्वमा उच्च सरकारी टोली फ्रान्स पुगेको थियो ।
पर्यटनमन्त्रीसहितको सरकारी टोली नयाँ जहाजमा काठमाडौं आएको हो । युरोपको एअरबस कम्पनीले फ्रान्समा निर्माण गरेको ए ३२–२०० सिरिजका दुईवटा जहाजमध्ये एउटा जहाज नेपाल आएको हो । दुई महिनाभित्र अर्को जहाज आउने तयारी रहेको निगमले जनाएको छ ।
निगमले ल्याएको जहाजमा एक सय ५८ सिट क्षमता छ । निगमका प्रवक्ता रामहरी शर्माका अनुसार पचास घन्टाको उडानपछि मात्र जहाज उडानको जिम्मा सम्पूर्ण रूपमा नेपाली पाइलट टोलीले लिनेछ ।
निगमले कर्मचारी सञ्चय कोषबाट १० अर्ब ऋण लिएर न्यारोबडीका दुईवटा जहाज खरिद गर्ने निर्णय गरेको थियो । गतवर्ष चैतमा भएको सम्झौता अनुसार एउटा जहाजको मूल्य सात करोड ५० लाख अमेरिकी डलर पर्ने छ ।

111 222 333 4444 5555

तपाइँको प्रतिक्रिया ।