Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/02/unnamed.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

१ घण्टा लोडसेडिङ घट्ने

unnamed

 

कपन अनलाइन\माघ २३, २०७१

अब चाँडैनै १ घण्टा लोडसेडिङ घटने भएको छ ।  दैनिक ११ घण्टा लोडसेडिङ भोगिरहेका सर्वसाधारणलाई थोरै भए पनि राहतस्वरूप अब दिनहुँ एक घण्टा लोडसेडिङ घट्ने भएको हो । विद्युत् प्राधिकरणले लोडसेडिङ घटाउन शुक्रबारदेखि भारतबाट थप २० मेगावाट बिजुली आयात गर्नुको साथै मर्मत सम्भार भैरहेको ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाले पनि आज शुक्रबारदेखि नै उत्पादन गर्ने भएको छ ।  शुक्रबारदेखि थप २० मेगावाट बिजुली आउने प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुखले बताए। मध्यमस्र्याङ्दी आयोजनाको मर्मत सम्भार सकिएकाले त्यसको उत्पादनसमेत जोडिँदा दैनिक एक घण्टा लोडसेडिङ घट्ने प्रमुखले जनाए।

मध्यमस्र्याङ्दी मर्मतका लागि बन्द गरिएपछि प्राधिकरणले तालिकाभन्दा बढी समय अघोषित रूपमा लोडसेडिङ गर्दै आएको थियो। अब यस्तो अघोषित लोडसेडिङसमेत नहुने भएको छ ।

तपाइँको प्रतिक्रिया ।